विराटनगरमा कम्पनी रजिष्ट्रारको कार्यालय

<span class='c1'>विराटनगरमा  कम्पनी</span> <span class='c2'>रजिष्ट्रारको कार्यालय</span>

उधोगदर्तामा सहज होस भन्ने उदेश्यले विराटनगरमा आजदेखी कम्पनी रजिष्ट्रारको कार्यालय पुर्वाञ्चल सेवा प्रवाह इकाइ स्थापना गरीएको छ ।

पाच विकास क्षेत्रमा कार्यालय स्थापना गर्ने लक्ष्य अनुसार काठमाण्डौपछी उधोग मन्त्रालयले विराटनगर स्थित घरेलु तथा साना उधोग कार्यालयको परिसरमा सो कार्यालय स्थापना गरेको हो ।

कार्यालयवाट कम्पनी दर्ता गरिने , कम्पनी खारेज तथा कम्पनीको प्रसासनिक सेवा संचालन गरिने बताइएको छ । कार्यालय संचालनका लागी उधोग संघठन मोरंगले दुइवटा कमप्युटर तथा तिन महिनासम्म इन्टरनेट सेवा सहयोग प्रदान गरेको छ ।

कार्यालय स्थापना संगै कम्पनी दर्ताकालागी अव राजधानी जानु नपर्ने भएको छ । दोश्रो चरणमा विरगन्जमा सो कार्यालय खोल्ने तयारी भइरहेको सो अवसरमा जानकारी गराइयो ।

कार्यालयको उधघाटन गर्दै उधोग मन्त्री महेश वस्नेतले उधोग मन्त्रालयलाइ डिजिटल मन्त्रालयको रुपमा विकासगर्ने अभ्यास भइरहेको बताउदै उधोगी व्यापारीहरुको सेवा सुविधाका लागी रजिष्ट्राको कार्यालय स्थापना गरिएको बताउनुभयो ।

मन्त्री वस्नेतले औधोगिक्षेत्रको विकासका लागी सरकारले औधोगिक व्यावसायी ऐन तथा विषेश आर्थिक क्षेत्र ऐन ल्याउन लागेको बताउनुभयो ।

कार्यक्रमा वोल्दै उधोग मन्त्रालयका सचिव उतककुमार भट्राइले १ लाख २६ हजार उधोग कम्पनीमा दर्ता भएको जानकारी दिदे त्यसमध्ये ६० प्रतिशत कम्पनी सक्रिय र ४० प्रतिशत कम्पनी निस्क्रिय रहेको जानकारी दिनुभयो ।

कार्यालयका रजिष्ट्रार शंखर अर्यालले कार्यालयले अनलाइन मार्फत आफनो सोव प्रवाह गरिरहेको बताउनुभयो ।

कार्यक्रममा रजिष्ट्रार कार्यालयका उप निर्देशक चन्द्र प्रकास देवकोटा ,मोरंग व्यापार संघका अध्यक्ष एंव सभासद पवनकुमार सारडा , सभासद ऋषीकेश पोखरेल, उधोग संगठन मोरंगका अध्यक्ष शिवसंखर अग्रवाल मोरंगका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले समेत वोल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्