तीन जना वडा अध्यक्षको रोहबरमा कुटिएका ब्यक्तिको मृत्यु, दुई दिन पछि शव उठ्यो

<span class='c1'>तीन जना वडा अध्यक्षको रोहबरमा कुटिएका ब्यक्तिको</span> <span class='c2'>मृत्यु, दुई दिन पछि शव उठ्यो</span>

विराटनगर, २८ असार । तीन जना वडा अध्यक्षको रोहबरमा कुटिएका एक व्यक्तिको मृत्यु भएपछि त्यसको बिरोधमा दुईदिनसम्म मृतकका आफन्तले शव उठाएनन् । विराटनगर–१४ जतुवाका समानन्द यादवलाई गत जेठ ३२ गते विराटनगर महानगरपालिकाका वडा अध्यक्ष, वडा नम्बर १८ का वडा अध्यक्ष र जहदा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्षको रोहबरमा कुटपिट मरणसन्न हुने गरी कुटपिट भएको थियो ।
कुटपिटपछि यादवको शुत्रवार मृत्यु भएको थियो । घटनामा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरी कारबाही नगरेसम्म मृतकको शव नबुझ्ने अडान राख्दै आएका थिए ।
घटना भएको लामो समय वितिसक्दा समेत प्रहरीले अभियुक्तहरुलाई पक्राउ गर्न आनाकानी गरेको मृतकका आफन्तको आरोप छ । तर उनीहरुले यादवको मृत्यु भएको दुईदिन पछि शव उठाएका छन् । प्रहरीले अनुसन्धान पछि पक्राउ गर्ने आश्वासन पछि शव उठाईएको जानकारी दिए ।
यादवलाई कुटपिटको आरोप लागेका तीनै जना वडा अध्यक्ष सहित अन्य ब्यक्तिहरु विरूद्ध निवेदन दर्ता गरिएको भएपनि उनीहरू पक्राउ नपरेको मृतकका छोरा राजेश यादवको भनाई छ ।
विराटनगर–१४ का वडा अध्यक्ष बालदेव यादवको घरमा भेला भएका स्थानीयबासीको समूहले आफ्नो बाबुलाई बेहोश हुने गरी कुटेको छोरा राजेशको भनाई छ ।
आफुले रोजेको केटीसंग छोरोले विवाह गर्न नमानेपछि विराटनगर महानगरपालिकाका वडा अध्यक्ष बलदेव यादवको घरमा भएको पंचयतीको क्रममा उनलाई कुटपीट गरिएको पीडित पक्षको आरोप छ ।
पीडित परिवारले विराटनगर–१४ का वडा अध्यक्ष यादवसहित १८ का वडा अध्यक्ष संजय साह र जहदा गाउँपालिका–१ का वडा अध्यक्ष प्रदीप यादवकै अगाडि कुटपिट भएको प्रहरीमा उजुरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्