विराटनगर ३० असार । विराटनगर १० मा रहेको शिक्षादिप कलेजले बाढी पिडीतका राहत सामाग्री सहयोग गरेको छ । विराटनगरमा केहीदिन परेको अविरल बर्षाका कारण बाढीबाट विस्तापित भएका बाढी पिडीतलाई २२ हजार बराबरको राहत सामाग्री सहयोग गरेको हो ।
कलेजले ५० वटा म्याट र झुल सहयोग गरेको कलेजका प्रिन्सीपल ज्ञानु खड्काले जानकारी दिनुभयो । कलेजका पुर्व विद्यार्थी पेरिस सुवेदीको पहलमा लियो क्लव अफ विराटनगर युनिकलाई प्रदान गरिएको थियो । लियो क्लव अफ विराटनगर युनिकले विराटनगर १६ दरैया वस्तीका बाढी पिडीतलाई राहत सामाग्री वितरण गरिने क्लवका अध्यक्ष पेरिस सुवेदीले जानकारी दिए ।