नयाँ कर नीतिको विरोधमा विराटनगरका व्यापारिक संघ– सस्थाको विरोध प्रदर्शन

नयाँ कर नीतिको विरोधमा विराटनगरका व्यापारिक संघ– सस्थाको विरोध प्रदर्शन

विराटनगर , ३१ असार । नयाँ कर नीतिको विरोधमा विराटनगरका विभिन्न व्यापारिक संघ– सस्थाहरुले विरोध प्रदर्शन गरेका छन् । विराट व्यापार संघको नेतृत्वमा सरकारले साउन १ गतेदेखि लागु हुने गरी ल्याउन लागिएको कर नीति कार्यान्वयनलाई असहमति जनाउँदै विरोध जनाएका हुन् ।
विराटनगरको बुधहाट चोकमा मंगलबार भेला भई एक दर्जन बढी व्यापारीक संघसस्थाहरुले व्यानर र प्लेकार्ड सहित ¥यालीमा निकालेका हुन् । विरोध ¥यालीमा विराटनगर ट्रक व्यवसायी संघ, मोरङ चेम्बर अफ कमर्श, घरेलु तथा साना उद्योग महासंघ, विराटनगर हार्डवयेर संघ, मदिरा व्यावसायी संघ, ट्रान्सर्पोट व्यावसायी संघ, नेपाल मुद्रण व्यावसायी संघ लगायतको उपस्थित रहेको थियो ।
सहभागीहरुले कामदार माथिको अव्यवाहारीक प्यान नं.खारेज गर, बैंकको ब्याजदर ७ देखि ९ प्रतिशत कायम गर, ढुवानीमा लगाईएको भ्याट खारेज गर, अब्यहारिक‘भि.सि.टि.एस.’ खारेज गर लगायतका नारा लेखिएका प्ले कार्डहरु बोकेर नयाँ कर नीतिको विरोधमा प्रमुख जिल्ला अधिकारी र आन्तरिक राजस्व कार्यालय बिराटनगर मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्