विराटनगरको ग्रिनल्याण्डमा एकदिने अभिमुखिकरण

<span class='c1'>विराटनगरको ग्रिनल्याण्डमा</span> <span class='c2'>एकदिने अभिमुखिकरण</span>

विराटनगर, १ साउन । विराटनगर – ९ मा रहेको ग्रिनल्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण गरेको छ ।
कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान, व्यवस्थापन तथा होटल मेनेजमेन्ट संकायमा छैठौं ब्याचमा भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको हो ।
विज्ञान संकासयमा ४ सय ३४, व्यवस्थापन तथा होटल मेनेजमेन्ट संकायमा १ सय ३९ जना विद्यार्थीहरु भर्ना भएको कलेजले जनाएको छ ।

कार्यक्रममा कलेजका प्रिन्सिपल दिपक पोखरेल, कलेजका निर्देशकहरु दिनेश दाहाल, राजिव मिश्रा, शिवनारायण यादव, पिताम्वर लुइटेल, विशाल खनाल, कलेजका को–अर्डिनेटर हरि धमलाले कलेजको बारेमा जानकारी गराएका थिए भने अभिभावकहरु इन्द्र गौतम र आनन्द मेहता तथा कक्षा–११ मा भर्ना भएका विद्यार्थीहरु अंकिता जीसी, मेहवुव आलम र विमो अधिकारीले धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्