मोरङको पथरीमा बस दुर्घटना हुँदा एकजना ज्यान गयो, २१ जना घाईते

<span class='c1'>मोरङको पथरीमा बस दुर्घटना हुँदा एकजना</span> <span class='c2'>ज्यान गयो, २१ जना घाईते</span>

विराटनगर, २ साउन । मोरङको पथरीमा अघि मिनि ट्रक र बस जुध्दा एकजनाको ज्यान गएको छ । बिहिवार बिहान मे१च ९३९१ को मिनी ट्रकसँग को १ ख ४८४२ नम्बरको बस जोध्दा दुर्घटना भएको हो ।


मोरङको रमाईलोबाट झापा तर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बस दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
दुर्घटनामा १ जनाको मृत्यु भएको र २१ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले बताए । घाईते मध्ये १२ जनाको अवस्था गम्भिर छ।

२ जना गम्भीर घाईते कानेपोखरी बस्ने टिकाराम थापा, उर्लावारीकी ईन्द्रमायाँ गुरुङको अबस्था सिरियस रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए । घाईतेलाई बिराटनगर ल्याईएको छ । घाईतेहरु मध्ये ७ जना विराटनगरको नोबेल अस्पता, ५ जना न्युरो अस्पताल र अरु ९ जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्