विराटनगरमा प्रदेश स्तरीय कृषि उद्यम केन्द्र उद्घाटन

<span class='c1'>विराटनगरमा प्रदेश स्तरीय कृषि</span> <span class='c2'>उद्यम केन्द्र उद्घाटन</span>

विराटनगर, २ साउन।
प्रदेश १ को राजधानी विराटनगरमा प्रदेश स्तरीय कृषि उद्यम केन्द्रको उद्घाटन गरिएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को भवनमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले बिहीबार कृषि केन्द्रको उद्घाटन गरेकी हुन् । उद्घाटनका क्रममा अध्यक्ष राणाले भेहिकल एण्ड कन्साइमेन्ट ट्रयाकिङ प्रणालीको विषयमा छलफल भइरहेको जानकारी दिइन् । ‘सम्बन्धित निकायमा यस विषयमा छलफल भइरहेको छ । आशा छ केहीदिनमा यसको समाधान हुनेछ,’ अध्यक्ष राणाले भनिन् ।
अध्यक्ष राणाले केन्द्रको स्थापनासंगै कृषि तथा कृषिजन्य वस्तुहरुसंग सम्वन्धित आपूर्ति, उत्पादन, प्रशोधन, पारवहन तथा बजार व्यवस्थापन आदि सम्पूर्ण गतिविधीमा सहजता हुने विश्वास ब्यक्त गरिन् ।

प्रदेश एक महासंघका अध्यक्ष नरेन्द्र खड्काले केन्द्रको स्थापनासंगै कृषि क्षेत्रमा ब्यवसायिक उत्पादन, प्रशोधन, बजारीकरणलाई विकास गर्नसके बिस्तारै बढ्दो आयात कम हुने बताए।
त्यसैगरि, महासंघका उपाध्यक्ष राजेन्द्र राउतले कृषि उद्यम केन्द्रले प्रदेशमा रहेका सबै उद्योग वाणिज्य संघसंग समन्वय गर्दै काम गर्ने स्पष्ट पारे। कृषि क्षेत्रको प्रचुर संभावना बोकेको प्रदेश एकमा कृषि ब्यवसायको पहिचान गर्दैै त्यसको विकासका लागि महासंघले विशेष काम गर्ने उनले बताए।
यस केन्द्रका लागि गतवर्ष माघमा मुख्यमन्त्री शेरधन राईको उपस्थितीमा आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो, नेपाल उद्योग बाणिज्य महासंघ अध्यक्ष भवानी राणा,बीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो।
कार्यक्रममा उद्योग वाणिज्य महासंघ प्रदेश एकका अध्यक्ष नरेन्द्रकुमार खड्काले भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ प्रणाली, समाजिक सुरक्षा कोष, पारिश्रमिक भुक्तानीमा पानमा दर्ता लगायतको विषयमा तयार पारिएको सुझाव महासंघ अध्यक्ष राणालाई हस्तान्तरण गरेको थिए।
यससंगै सात प्रदेशमा कृषि केन्द्रको स्थापना गर्ने प्रदेश एक पहिलो प्रदेश समेत बनेको छ। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, केन्द्रीय सदस्य अविनास बोहरा, प्रवलजंग पाण्डे, विभिन्न जिल्लाका उद्योग वाणिज्य संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्