रोजगारीको प्रलोभन देखाई काश्मिर लैजाँदै गर्दा मोरङबाट १० जनाको उद्धार, तीन जना पक्राउ

<span class='c1'>रोजगारीको प्रलोभन देखाई   काश्मिर लैजाँदै गर्दा</span> <span class='c2'>मोरङबाट १० जनाको उद्धार, तीन जना पक्राउ</span>

विराटनगर , ३ साउन। रोजगारी दिलाउनेभन्दै अवैध बाटोबाट भारतको काश्मिर लैजान लागेका १० जनालाई मोरङ प्रहरीले उद्धार गरेको छ । प्रलोभन देखाउँदै ललाई फकाई भारत लैजान खोज्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ उर्लाबारी नगरपालिका वडा नं. ४ बस्ने विभिन्न १० जना व्यक्तिहरु (पुरुष ८ र महिला २) लाई बिहीबार नै भारततर्फ लैजाने प्रयास भएको प्रहरीले जनाएको छ । उर्लाबारीका पुड्का उराव र निजकी श्रीमती फुलकुमारी उरावले पीडितहरुलाई अलग अलग भेटी भारतको ‘कश्मिरमा राम्रो रोजगार पाइन्छ, राम्रो काममा लगाई दिन्छौ, मासिक तलब भा.रु.१७ हजार हुन्छ’ हुन्छ भन्दै प्रलोभन देखाएर लग्ने चाँजोपाँजो मिलाएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी राजकुमार खिउजुले भने,‘‘तर, प्रहरी समक्ष समयमै जानकारी प्राप्त भएपछि सबैको उद्धार सम्भव भएको हो ।’’

उनीहरुलाई ‘ओभर टाईमको छुट्टै पारिश्रमिक हुन्छ’ भन्दै सुनसरी हरिनगरा घुस्किहाट बस्ने अफिज अन्सारीको घरसम्म लगिएको थियो । भारतको कश्मिरको ठेकेदारसंग उनको सम्पर्क छ भनि प्रलोभन देखाउँदा तिनिहरुको विश्वासमा परी संगै हिडेंकाहरुले नै प्रहरीलाई जानकारी गराएका थिए । पीडितले प्रहरी समक्ष आफूहरुलाई ‘उर्लाबारीमा भेला जम्मा गराई ईनरुवातर्फ लगेको तर त्याँहा लिन कोही नआएपछि विराटनगर जाउँ भनेको र त्यहां तपाईहरुलाई लिन आउंछ कसैले सोधे सुनसरी हिडेको भन्नु’ भनेको बयान दिएका छन् ।

बिहीबार नै सुनसरी हरिनगरा घुस्किहाटस्थित अफिज अन्सारीको घरमा दिनको ४ बजे पुर्याइ ‘साँझ परेपछि भारतको जोगबनीबाट रेल चढेर जानुपर्छ’ भनि निजहरु भित्र बसी गोप्य कुरा गर्न थालेपछि शंका लागेपछि प्रहरीलाई पीडितले आफन्तमार्फत जानकारी गराएका थिए ।

रोजगारको प्रलोभन देखाई भारतको कश्मिरमा लगी भारतीय दलालहरुलाई बेची श्रम शोषण गर्ने उद्देश्यले लान लागेको र निज उराव दम्पतीले अफिज अन्सारीसँग त्यहाँ पुर्‍याएबापत रकम लिई फर्कन लागेको तत्काल मोरङ प्रहरी र स्थानीय प्रहरी समेत परिचालन गरी पुड्का उराव, फुलकुमारी उराव र अफिज अन्सारीलाई ईलाका प्रहरी कार्यालय उर्लाबारी समतेको टोलीले नियन्त्रणमा लिएको थियो ।

डीएसपी खिउजुकाअनुसार पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत मोरङबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको छ । उद्धार गरिएकाहरुलाई आफन्तको जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्