<span class='c1'></span> <span class='c2'></span>

विश्व फुटबलमा खासै परिचित नाम नभए पनि कतारले सन् २०२२ मा विश्वकप आयोजना गर्ने अवसर पाएको छ। यही कारण अन्तर्राष्ट्रिय खेलवृत्तमा एकाएक चर्चा कमाएको कतार अहिले त्यसैको तयारीमा जुटेको छ। कहिले भौतिक पूर्वाधार निर्माणका क्रममा मानवअधिकार हनन गरेको त, कहिले अत्यधिक गर्मीका कारण खेल्ने वातावरण नरहेको भनी आलोचना खेप्दै आए पनि कतारको विश्वकप यात्रामा रत्तिभर असर परेको छैन।  क्षेत्रफल र जनसंख्याका आधारमा सानो भए पनि अत्यासलाग्दा ठूल्ठूला पूर्वाधार निर्माणसँगै कतार विश्वकप वातावरण सिर्जना गर्न व्यस्त छ। पश्चिमा सञ्चारमाध्यमले कतार विश्वकपलाई लिएर गरिरहेका टिप्पणीलाई उसले वास्ता गरेको छैन। १० लाख जनसंख्या रहेको कतारले दर्शक र वातावरणका दृष्टिले समेत विश्वकप आयोजना गर्ने हैसियत राख्दैन भन्ने युरोपेली आरोप छ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्