प्रदेश १ बाट चीन जाने जम्बो टोलीमा ब्यापारी पनि, मुख्यमन्त्रीका स्वकीय सचिवदेखि अर्थमन्त्रीसम्म

<span class='c1'>प्रदेश १ बाट चीन जाने जम्बो टोलीमा</span> <span class='c2'>ब्यापारी पनि,  मुख्यमन्त्रीका स्वकीय सचिवदेखि अर्थमन्त्रीसम्म</span>

विराटनगर, ८ साउन ।प्रदेश एक सरकारका दुई मन्त्री र तीन जना सांसदसहितको टोली बुधबार औद्योगिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्।

भ्रमणमा प्रदेश एकका आर्थिक मामिला मन्त्री इन्द्र आङग्बो, उद्योगमन्त्री जगदीश कुसियत, सांसद विन्दिया कार्की, सर्वध्वज साँवा, तेजमान कन्दवा रहेका छन्।

त्यसैगरी टोलीमा उद्योग वाणिज्य महासंघ प्रदेश एकका उपाध्यक्ष राजेन्द्र राउत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव भरतमणी रिजाल, टिकादत्त राई, मुख्यमन्त्री शेरधन राईका स्वकीय सचिव मकर खड्का पनि रहेका छन्।

भ्रमणका सन्र्दभमा उद्योग वाणिज्य महासंघ प्रदेश एकका उपाध्यक्ष राउतले औद्योगिक पार्कको अवलोकन भ्रमण फलदाय हुने अपेक्षा गरेका छन्।

उपाध्यक्ष राउतका अनुसार, भ्रमणका क्रममा टोलीले विभिन्न साना तथा ठूला औद्योगिक उद्यानको निरीक्षण गर्नेछ। उनले भने, ‘प्रदेश एकमा विभिन्न उद्यानको व्यवस्थापन तथा विकासका लागि गर्न सकिने सम्भावना अध्ययन गर्नेछौँ। त्यस विषयमा आवश्यक राय संकलन गर्नेछौँ।’

एक साताका लागि टोली चीनको छेन्दु प्रान्तस्थित सङडङ सुइफा हुवजिया वाटर कम्पनीको निमन्त्रणमा नेपाली टोली त्यसतर्फ लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्