विराटनगरमा मदिरा खोज्दै बखरी पुगेको प्रहरीले मान्छे नभएको घर फोडेपछि…

<span class='c1'>विराटनगरमा मदिरा खोज्दै बखरी पुगेको</span> <span class='c2'>प्रहरीले मान्छे नभएको घर फोडेपछि…</span>

विराटनगर, २१ साउन ।
विराटनगर महानगरपालिका वडा नम्बर १२ बखरी मंगलवारेकी मिना श्रेष्ठले मंगलवार बिहानै करिब ७ बजेतिर अत्तालिँदै फोन गर्नि मेरो घरमा डाका लागेछ, आईदिनु पर्यो । उनको घर महेन्द्र मोरङ कलेको पछाडी मंगलवारेमा अबस्थित छ । खासै केही हैन होला भन्ने लागेर चासो दिईएन । फेरी फोन आयो, तपाईले ओबीको कोही साथिलाई पठाईदिनु पर्यो । त्यसपछि ओबीको टिम घटना भएको स्थल मंगलवारेमा पुग्यो ।
घटना क्रम यस्तो
सोमबार साँझ कृष्णबहादुर श्रेष्ठ सहित उनीहरुको परिवार उनकी श्रीमती मिना श्रेष्ठ र छोरा प्रतिक सहित ईटहरी गए । उनीहरु आफन्तकोमा भेटघाट तथा उतै बस्नको लागि गएका थिए । सोमबार साँझ करिब साँढे ५ बजे तिर ईटहरी गएको बताएका उनीहरुले हिड्ने बेलामा घरको तलाचाबी राम्रैसँग लगाएका थिए । श्रेष्ठको घरमा कोही पनि थिएनन् । साँझ ईटहरीमा नै बसेका उनीहरु बिहानै उठेर बिराटनगर आउने योजनामा थिए । मिना ईटहरी नै बसिन् भने उनका छोरा प्रतिकको कलेज जानु पर्ने भएकोले मिनाका श्रीमान् कृष्ण र छोरा प्रतिक मंगलवार (आज) बिहानै घर आएका थिए । घरमा पुग्ने बितिकै थाहा भयो घरको तालाचाबी सबै फोडिएको छ । उनीहरु छक्क परे, तुरुन्तै कृष्णले श्रीमती मिनालाई फोन गरेर डाकाले घर फुटाएको बारेमा जानकारी दिए । भएको सबै सम्पती डाकाले लग्यो भन्ने लागेर उनीहरु निक्कै चिन्तित भए ।
मिनाले त्यो बेलासम्म मिडियालाई डाका लागेको बारेमा जानकारी दिईसकेकी थिईन् भने उनका श्रीमान् कृष्ण भने ताला फोडिनुको बारेमा जानकारी लिँदै थिए । अनी उनले छिमेकीलाई सोधेपछि थाहा भयो राती प्रहरी आएर डाङ्डाङ र डुङडुङ् गर्दै धेरैलाई दुख दिएको ।
प्रहरीले रक्सी खोज्ने क्रममा सर्बसाधारणको घर फोडेको सम्भवत नेपालमा पहिलो घटना विराटनगरमा भएको स्थानीयको भनाई छ । घरमा कोही नभएको बेलामा प्रहरीले घरको ताला फोडेर भित्र प्रबेश गरेको बारेमा परिवारका सदस्य बिराटनगर बाहिर रहेको कारण कसैले सुईँको समेत पाएनन् ।
कृष्णले घर फोरेको बारेमा जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराउँदै उजुरी हाल्ने भनेपछि उनलाई प्रहरीले गाली गरेको आरोपमा पक्राउ गरेको मिनाले बताईन् ।
मिनाका अनुसार प्रहरीले ताला फुटाएर जाँड राख्ने एउटा ड्रम र एक सेट रक्सी पार्ने भाँडा लगेपनि अन्य सामान लगेको छैन ।

प्रहरीको दिउँसो पत्रकार सम्मेलन
सबै घरमा सर्च अप्रेसन गर्ने क्रममा प्रहरीको टोली त्यो घरमा पनि पुगेको थियो । बिहान भएको घटनाको बारेमा जानकारी दिन दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । विराटनगर महानगरपालिका– भित्र व्यवसायीक रुपमा घरेलु मदिरा उत्पादन हुने गरेको पाइएको पाईएपछि प्रहरीले अभियान चलाएको जनाएको छ । मोरङ प्रहरीले सञ्चालन गरेको अप्रेशनमा विराटनगर–१२ को बखरी टोलमा घरघरमा घरेलु मदिरा बरामद गरेको थियो । प्रहरीले सातवटा घरमा खानतलासी गर्दा चारहजार ४ सय ६५ लिटर घरेलु मदिरा भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजूको नेतृत्वमा पुगेको प्रहरी टोलीले खान तलासी गर्ने क्रममा २ सय लिटर आट्ने दुईवटा निलो ड्रममा ४ सय लिटर, ६० लिटरको प्लाष्टिक्सको ६४ वटा ड्रममा ३ हजार ८ सय ४० लिटर र १५ लिटर क्षमताका १५ वटा ड्रममा २२५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिइको हो । प्रहरीले ४८ वटा मदिरा बनाउँने भाँडा र २ वटा चुलो बरामद गरेको छ ।

प्रहरी नायव उपरीक्षक राजकुमर खिउजु, बेदप्रसाद गौतम सहित प्रहरी टोली बस्तीमा पुगेपछि मदिरा उत्पादन गर्ने स्थानीय भागाभाग गरेका थिए । प्रहरी पुग्दा घरमा ताल्चा लगाएर घरधनी भागेपछि ताल्चा फोडेर प्रहरीले मदिरा नियन्त्रणमा लिएको जनाएको छ । डिएसपी खिइजूका अनुसार, गाउँका धेरै घरका धनीहरु तला लगाएर भागेको धेरै घरहरुमा ताला फोड्दा नजिकैबाट आएको भएपनि कृष्णको घर भने झक्किन पुगेको हो । ‘उहाँहरु त्यसरी घरमा हुनुहुन्न भन्ने थाहा थिएन डिएसपी खिउजुले भने, गाउँकाले यो घरमा पनि मदिरा छ भनेपछि ताला फुटाईएको हो, त्यसलाई सामान्य त्रुटीको रुपमा लिएका छौ ।’ तर प्रहरीले त्यो घरबाट पनि मदिरा बनाउने भाँडा र केही मदिरा नियन्त्रणमा लिएको जनाएको छ ।
घरका परिवार नै बाहिर रहेको अबस्थामा प्रहरीले गएर ताला फोड्नु अनी प्रहरीलाई नै मेरो घरमा किन ताला फोडिएको भनेर सोधिखोजी गरेकै कारण पक्राउ गर्नुले प्रहरीले गर्न खोजेको राम्रो काममा पनि चुकेको देखिएको छ । खिउजुका अनुसार मिनाका श्रीमान् कृष्णलाई भने दिउँसो तीनबजे तिर छाडिसकिएको छ ।
घरेलु मदिरा उत्पादन हुने र बिक्री बिरतरण हुने गरेको भनि लामो समय देखि सुराकी पाएको प्रहरीले लामो समयको प्रयास पछि ठुलो परिमाणको घरेलु मदिरा नियन्त्रणमा लिन सफल भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्