प्रेम देवान ।
विराटनगर, २२ साउन । विराटनगरमा पछिल्लो समयमा विकासले गति लिएको भनिन्छ । तर बिराटनगरको बरगाछि देखि रोडशेष चोकसम्मको सडकको अबस्था निक्कै नै भयाबह देखिएको छ । निर्माण भएको सडक महिना दिन नपुग्दै भत्किन थालेको छ भने निर्माण सामाग्री सडकमा नै छाड्दा दुर्घटनाको दर पनि बढेको छ ।
घटना १
धनकुटा लक्ष्मी नगरपालिका १ घर भई हाल विराटनगर ९ भानुटोल बस्दै आएकी लक्ष्मी पराजुली मंगलबार साँझ बरगाछीबाट विराटनगर बसपार्क तर्फ आउदै थिईन् । स्कुटरमा आफ्नी छोरीलाई लिएर आँउदै गर्दा मुनालपथ नजिकै ड्रममा ठोक्कीईन् । स्कुटर सामान्य गतीमा भएको कारण ठुलो क्षति हुन पाएन ।
घटना २
मोरङको कटहरी १ की सुधा भट्टराई साथीसँग स्कुटरमा महेन्द्र चोकदेखि ईटहरीका तर्फ जाँदै थिईन् । धरान–विराटनगर सडक खण्ड अन्तर्गत कोशी राजमार्गको बरगाछी दक्षिण सडकको खाल्डोमा परेर दुर्घटनामा परिन् । दुर्घटनामा दुवै जना लडे । विच सडकमा रहेको खाल्डोमा स्कुटीरको चक्का परेर पल्टिएर सुधाको खुट्टामा चोट लाग्यो भने साथी हात भाच्चियो । दुबैजनाको अनुहारमा ठूलो चोट लाग्यो ।
निरिह प्रशासन, लापरवाह ठेकेदार
यी माथीका दुई वटा घटना उदारण मात्र हुन् । उनीहरु जस्ता हरेक दिन यो सडक भएर हिँड्नेको जनजीवन समस्याग्रस्त छ । दैनिक हुने सडक दुर्घटनाको लेखाजोखा छैन । पराजुली र भट्टराई त्यसरी दुर्घटनामा पर्नु उनीहरुले आफ्नो सवारी चलाउन नजानेका हैनन् । सडकमा भएका ठुला खाल्डो र बिच सडकमा भएका ड्रमहरु नै हुन् ।
बरगाछीदेखि – रोडेशेष चोकसम्मको बाटो बनाउने काम अहिले रोकिएको छ । जसको प्रत्यक्ष असर स्थानिय व्यापारी र सो सडक प्रयोगकर्तालाई परेको छ । सडक विच भागमा निर्माण सामाग्री राखेर त्यसै छाडिएको छ । सडकमा बालुवा , गिटी, ब्लक, ड्रम अनि सिमेन्ट बालुवा घोल्ने मेसिन विच बाटो मै छाडिँदा दुर्घटना पर्ने क्रम बढेको पाईएको ट्राफिक प्रहरीले जनाएको छ । जसले गर्दा धेरै सवारी साधन ठोकिएर दुर्घटना भईसकेका छन् । सधै यसरी नै सामाग्री सडकमा राख्ने हो भने सवारी दुर्घटनामा परि धेरैको ज्यान जानसक्ने खतरा बढेको छ । दिउसोको समय निक्कै भिडभाड हुँदा सचेत भएर सवारी चलाउने चालकहरु रातीको समयमा अत्याधिक गतिमा चलाउँदा दुर्घटनामा बढी पर्ने गरेका छन् ।
निर्माणमा लापरवाही
सडकमा निमार्ण गरिसकेपछि हटाईनु पर्ने निर्माणका सामाग्री तथा निर्माण पुरा नहुँदै छाड्ने ठेकेदार कम्पनीको लापरवाहीका कारण अहिले समस्या देखिएको हो ।
विराटनगर बरगाछीदेखि रोडशेष चोकसम्म ६ लेन योजना अन्तर्गत सडक र नाला बनाउने जिम्मा भुमि निर्माण सेवा कम्पनीले पाएको थियो । तर ६ लेन सडक योजना अन्तर्गत बनेको बाटो केही ठाँउमा मात्र पिच गरिएको अधिकांश ठाएँमा त्यसै छाडिएपछि यी दुर्घटनाका जोखिम देखिएको हो । पिच गरिएका धेरै ठाउँहरु भसिन र भत्किन थालेको विराटनगर ६ का ब्यापारी तिर्थ ढुङ्गानाले बताए । ‘दुई बर्षसम्म धुलो खाईयो, त्यस पछि बल्ल बनाएको सडक पनि निर्माण पुरा नहुँदै भत्किन थाल्यो उनले भने, सडक निर्माण लापरवाही पुर्ण रुपमा आएको छ।
टालटुले सडक
लामो समयपछि पिच गरिएको धरान–विराटनगर सडक खण्डको बरगाछिदेखि रोडशेष चोकसम्मको अवस्था निक्कै नै लाजमर्दो छ । ६ लेन जस्तो बाटोको सडक हप्तादिन नै भत्किने अनि चर्किने अबस्थामा पुगेका छन्। सबै उक्कीएका छन् । बरगाछीदेखि दक्षिणका सडकको पिच गरेको बाटो हेर्यो भने सबै टालटुल गर्न थालिएको छ । करौडौको लगानी गरेर हप्तादिन पनि नपुग्दै भत्किन थाल्छ भने कहाँसम्मको लापरवाही हो सहजै अनुमान गर्न सकिन्छ । ‘सडक निर्माणमा चरम लापरवाही हाम्रै आँखा अगाडी भएको छ, ब्यापारी जीवन रिजालले भने, ‘निर्माण भएको एक÷दुई हप्ता नपुग्दै भत्किन्छ भने के भनेर हामीले चित्त बुझाउने तपाई नै भन्नुस् ?’ बिराटनगरमा रहेको भुमी निर्माण सेवाका ठेकेदार कम्पनीका संचालन बिराटनगरका नै बोहरा ग्रुप हो । यो गु्रपले निर्माण गरेको ६ लेन सडकको दुहबी देखि ईटहरी सम्मको सडकमा पनि लापरवाही भएको स्थानीयले आरोप लगाएका छन् ।
विच सडकमा चौपाया
देशको भिडभाड हुने राजमार्ग कोशी राजमार्गको अबस्था हेदौ लाग्छ सामान्य सडक ब्यवस्थापनमा ध्यान गएको देखिँदैन । सडकमा छोडिएका घरपालुवा जनवार महानगरपालिकाले नियन्त्रणमा लिने अभियान चलायो । घरमा पालिएका गाईवस्तुलाई सडकमा छाडिदिँदा दुर्घटना निम्त्याएको भन्दै महानगरले खुला छाडिएका चौपायलाई नियन्त्रणमा नियन्त्रण अभियानमा थालेको हो । महेन्द्र चोकदेखी बरगाछीसम्ममा सडकमा गाईहरु विचबाटो मै सुतिरहेका हुन्छन् त केही त्यसै घुमिरेहका हुन्छन् । खुला चौपायाले गर्दा पनि सवारी दुर्घटना निम्त्याएको छ । त्यसैले जथाभावी छाडिएका घरपालुवा जनवारलाई महानगरले तत्काल नियन्त्रणमा लियोस् ।