विराटनगरको ईडेनवर्ग ईन्टरनेशनल कलेजका प्राध्यापक विराटनगरदेखी कलकत्ता सम्म

<span class='c1'>विराटनगरको ईडेनवर्ग ईन्टरनेशनल कलेजका</span> <span class='c2'>प्राध्यापक विराटनगरदेखी कलकत्ता सम्म</span>

विराटनगर, २३ साउन । विराटनगर ९ मा रहेको इडनवर्ग इन्टरनेशल कलेज कलेजका प्राध्यापक भारतको शैक्षिक भ्रमणको अवलोकन गरेका छन् ।
भारतको कलकत्तामा प्राध्यापकहरुले विभिन्न कलेज तथा विश्वविद्यालयमा भ्रमण गरी शैक्षिक अवलोकन तथा प्राध्यापक तथा विद्यार्थीहरुसंग छलफल गरेका छन् ।


इडनवर्ग इन्टरनेशल कलेजले हरेक बर्ष विद्यार्थीहरुलाई भारतको गोवा, मुम्वई लगायत विभिन्न ठाँउमा शैक्षिक भ्रमणमा लाने गरेको छ । यस पटक पनि विद्यार्थीहरुको शैक्षिक भ्रमण सके लगत्तै २३ जनाको शिक्षकहरुको टोलीलाई कलकत्ता भ्रमणमा थियो ।
कलकत्ता स्थित वी.वी.ए., बि.पी.एच. र एम.एड. शैक्षिक कार्यक्रम अध्ययन गराउने शिक्षण संस्थाको अवलोकनमा ती संस्थाले प्रदान गर्ने शिक्षा, शिक्षण विधि र समग्र प्राज्ञिक स्थितीका बारेमा प्राध्यापकहरुले अवलोकन तथा छलफल गरेका थिए ।
‘विराटनगरमा रहेर गुणस्तरिया शिक्षाका लागि अहोरात्र लागि परिरहेको इडनवर्ग इन्टनेशल कलेजले अझ शसक्त रुपमा विद्यार्थीलाई कसरी व्यवहारिक शिक्षा प्रदान गर्न सकिन्छ भन्ने सोच विचारका साथ प्राध्यापकहरुको भारत भ्रमण आयोजना गरेको क्याम्पस प्रमुख मेघानन्द झाले जानकारी दिए ।
‘विराटनगरमा नै पहिलो पटक प्राध्यापकलाई मात्र भारत भ्रमणमा इडनवर्ग इन्टरनेशल कलेजले हरेक बर्ष लैजाने गरेको कलेजका संचालक कैलाश श्रेष्ठले जानकारी दिए । भ्रमण टोलीले कलकत्ताको केही पर्यटकिय र ऐतिहासिक महत्वका क्षेत्रहरुको समेत अबलोकन तथा भ्रमण गरी नेपाल फर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्