विराटनगर, २४ साउन । तेस्रो संस्करणको ‘विराटनगर लिटल आइकन २०१९ ’ प्रतियोगिताको पहिलो अडिसनमा उत्साहजनक प्रतियोगिहरूको सहभागितापछि दोस्रो अडिसन पनि हुने भएको छ । उक्त प्रतियोगिताको दोस्रो अडिसन भोली शनिबार विराटनगरस्थित होटल सुभमा हुने भएको छ ।

भाइरल डान्स स्टूडियोको आयोजनामा विराटनगर लिटल आइकन हुन लागेको हो । स्कूल अध्ययरत बालवालिकाहरूको नेतृत्व विकास गराउनुको साथै उनीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यस्तो प्रतियोतिा आयोजना गरिएको भाइरल डान्स स्टूडियोका निर्देशक मोहित जैनले बताए । ‘स्कूल अध्ययनरत साना विद्यार्थीहरूलाई लक्षित गरि प्रतियोगिता आयोजना गरिएको हो,’ उनले भने, ‘पहिलो अडिसनमा उत्साह जनक सहभागि भयो । अब दोस्रो अडिसन पनि विराटनगरमा हुँदैछ । यो अन्तिम अडिसन हो ।’ दोस्रो अडिसनबाट छनौट भएका प्रतियोगिहरू फाइनलमा प्रवेश गर्नेछन् ।
फाइनलमा पुगेका प्रतियोगिहरूलाई विभिन्न क्षेत्रका दक्षहरूबाट प्रशिक्षण दिनेछ । बन्द प्रशक्षिणमा हरेक क्षेत्रको बारेमा जानकारी हासिल गर्नेछन् ।
प्रतियोगितामा १० देखि १५ वर्ष मुनिका बालवालिकाहरूले प्रतियोगितामा भाग लिन पाउनेछन् । प्रतियोगिताको बिजेताले आकर्षण गिफट ह्यार प्राप्त गर्नेछन् । यस अघि पनि भाइरल डान्सले भव्य रुपमा दुई संस्करणको लिटल आइकन गरिसकेको छ । ‘तेस्रो संस्करणको विराटनगर लिटल आइकन पनि भव्य र सभ्य हुनेछ,’ उनले भने । पहिलो अडिसनबाट २४ जना छनौट भएको उनले जानकारी दिए ।