बिराटनगरमा होटल संचालन गर्न रातको १० बजे पछिसम्मको समयसिमा थप्नुपर्ने माग

<span class='c1'>बिराटनगरमा होटल संचालन गर्न रातको १०</span> <span class='c2'>बजे पछिसम्मको समयसिमा थप्नुपर्ने माग</span>

बिराटनगर भदौ ४, 

होटल व्यवसायीहरुले पर्यटकमैत्री बातवारण बनाउन स्थानीय प्रशासनसमक्ष आग्रह गरेका छन् ।
होटल तथा पेयपदार्थ ब्यवसायीका विभिन्न संघहरुले  विराटनगरमा संयुक्तरुपले आयोजना गरेको प्रहरी र होटल ब्यवसायीबीचको अन्तरक्रियात्मक कार्यक्रमका सहभागि होटल ब्यवसायीहरुले यस्तो आग्रह गरेका हुन ।

आफू सुरक्षित रहेको महशुस नगरेसम्म पर्यटकहरु नआउने भएकाले त्यस्तो वातावरण बनाउनुपर्ने उनिहरुले बताएका थिए । होटल ब्यवसायी मुक्तीप्रकाश न्यौपानेले प्रहरीले होटल तथा लज चेकजाँच गर्ने क्रममा कतिपय अवस्थामा दोषी ब्यक्तीका साथै निर्दोषहरु समेत पर्ने गरेकाले आगन्तुक पर्यटकहरुमा नकारात्मक असर पर्ने गरेको दाबी गर्नुभयो । उहाँले विराटनगर प्रदेश १ को राजधानी समेत घोषणा भइसकेको अवस्थामा विभिन्न प्रकारका मानिसहरुको आवागमन बढेको बताउनुहुँदै होटल संचालनको रातको १० बजे पछिसम्मको समयसिमा थप्नुपर्ने माग गर्नुभयो ।

क्षेत्रीय होटल संघ प्रदेश १ का अध्यक्ष राजन श्रेष्ठले भारतीय क्षेत्रबाट आउने पर्यटकहरुले सवारीसाधन चेकजाँचको नाममा अनेकौं झन्झट खेप्नुपरेको बताउनुहुंदै सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहजीकरण गर्नुपर्ने माग गर्नुभयो । संघकै सचिव भविसकुमार श्रेष्ठले आपराधिक प्रबृतिलाई निरुत्साहित गर्न होटल ब्यवसायीहरु प्रतिबद्ध रहेको बताउनुहुंदै होटल ब्यवसायीलाई हेर्ने नजरमा परिवर्तन आवश्यक रहेको धारणा ब्यक्त गर्नुभयो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले खुला सिमानाका कारण भारतीय क्षेत्रबाट आपराधिक मनोबृतिका मानिसहरु समेत आउने गरेकाले सर्तकता अपनाउनु आवश्यक रहेको प्रष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्