नेपाली जनतासंग गरेको बांचा पुरा गर : मोरङका पत्रकारहरु

<span class='c1'>नेपाली जनतासंग गरेको बांचा पुरा</span> <span class='c2'>गर : मोरङका पत्रकारहरु</span>

विराटनगर,मंसिर ०५ : नेपाली जनतासंग गरेको बांचा पुरा गर्न मोरङका पत्रकारहरुले सभासदहरुलाई दवाब स्वरुप समसामयिक विषयहरुमा महत्वपुर्ण छलफल गरेको छ ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाले शुक्रबार विराटनगरमा आयोजना गरेको छलफल तथा अन्त्तरक्रिया कार्यक्रममा पत्रकारहरु तोकिएकै समयमा संविधान निमार्ण गर्न र विगतमा गरेको वांचा पुरा गर्न आग्रह गरेका छन् । नेपाली जनता संग गरेको बाचा नतोडौं २०७१ साल माघ ८ गते सविधान निर्माण गर्रौ भन्ने नारा सहित भएको छलफल कार्यक्रममा संञ्चारगृहहरुले पनि दवाब स्वरुप विभिन्न जिङगल बजाउने , नारा तय गर्ने, आगाकी मंसिर ८ गते जिल्ला प्रशासन मार्फत सिडीओलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिकोे तेस्रो बैठक गत कार्तिक १५ गते सार्क राष्ट्रको नमुना पर्यटकीय गाउँ लमजुङको घलेगाउँमा बसेको बैठकले निर्णय गरेको विषयमा समेत छलफल गरीएको थियो ।
मोरङ शाखा अध्यक्ष महेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकले उपाअध्यक्ष बन्धु पोखरेलद्वारा प्रस्तुत गरीएको सांगठनिक तथा भावि कार्यक्रम सम्बन्धि प्रतिवेदनमा श्रमजीवी पत्रकार ऐन, संविधान निर्माणको अभियान, पत्रकार विमा, आमसञ्चार प्रतिष्ठान स्थापनालगायत समसामयिक विषयमा महत्वपूर्ण निर्णयहरू गरेको थियो । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्साल, प्रेस चौतारीका केन्द्रीय सदस्य विक्रम लुईटेल, प्रेस यूनियन मोरङका सभापति मिनकुमार नवोदीत ,बरिष्ठ पत्रकार यज्ञ शर्मा, मोहन भण्डारी, कुमोद अधिकारी, धर्मराज ढकाल, अनन्तराज न्यौपानेले नयाँ बन्ने संविधानमा प्रेस स्वतन्त्रासहितको संविधान निमार्ण गर्न र माघ ८ गते जसरी भए पनि सविधान जारी गर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्