बिराटनगर,मङ्सिर ०६ : विराटनगरबाट इटहरीतर्फ आइरहेको मन्त्री सवार बा १ झ ९८९० नम्बरको गाडीलाई सोही दिशातर्फबाट आउ“दै गरेको को १ ख २३१७ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट मन्त्री पण्डित शकुशल रहेपनि उनका पीए वासिम आलम गम्भीर आइते भएका छन् भने एक सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । गम्भीर घाइते आलमलाई इटहरीको सामुदायिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि बिराटनगरस्थित न्युरो अस्पताल ल्याईएको छ । आज बिहान सुनसरीको खनार ३ मा ट्रकले मन्त्री चढेको गाडीमा ठक्कर दिन पुगेको थियो । ट्रकको ठक्करबाट मन्त्री सवार गाडीको पछाडीको भाग कच्याककुचुक भएको छ । प्रहरीले ट्रक र त्यसका चालकलाई नियन्त्रण्ँमा लिएको छ ।