धरौटी तिरेर छुट्न लागेका विप्लवका ४ नेता पुन : पक्राउ

<span class='c1'>धरौटी तिरेर छुट्न लागेका विप्लवका</span> <span class='c2'>४ नेता पुन : पक्राउ</span>

विराटनगर । धरौटी तिर्न अस्वीकार गर्दै सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा रहेका विप्लवका ४ जना नेता तथा कार्यकर्तालाई धरौटी तिरेपछि पनि पुनः पक्राउ गरिएको छ।

गत चैतमा पक्राउ परेका विप्लवका ४ कार्यकर्तालाई जनही ५० हजार धरौटी लिएर तारेखमा छोड्न गत वैशाख १७ गते जिल्ला अदालत सुनसरीले आदेश दिएको थियो। धरौटी तिर्दा पनि पुनः पक्राउ हुने डरले विप्लवका तत्कालिन कोशी व्यूरो इन्चार्ज घनश्याम श्रेष्ठ (पुष्कर), मोरङ इन्चार्ज कृष्ण श्रेष्ठ (प्रज्वल), कोशी ब्यूरो सदस्य माधव गौतम (आकाश) र रमेश खड्का (सूर्य) क्षेत्रीय कारागारमा थिए।  सोमबार धरौटी तिरेपछि पनि पुनः पक्राउ गरेर प्रहरीले संखुवासभा लगेको उनीहरुका आफन्तले बताएका छन्। गत चैत १० गते घनश्याम श्रेष्ठ र माधव गौतमलाई प्रहरीले मोरङको कानेपोखरीबाट नियन्त्रणमा लिएको थियो।

यस्तै चैत १३ गते मोरङको सुन्दरहरैंचाबाट कृष्ण श्रेष्ठ प्रज्वल र चैत १२ रमेश खड्का पक्राउ परेका थिए।  धरौटी तिरेपछि थुनामुक्त गरी अदालत उपस्थित गराइएको कारागारको पत्रसँगै उनीहरूलाई संखुवासभा जिल्ला अदालत उपस्थिति गराउन भन्दै लगिएको आफन्तले जानकारी दिएका छन्।

यसैबीच आफूहरू भेटघाटका लागि जाँदा कारागार प्रशासनले कडाइ गरेको भन्दै आफन्तले गुनासो गरेका छन्। प्रहरीले प्रतिबन्धित पार्टीका कार्यकर्तालाई भेट्नका लागि नदिने भन्दै हप्की दप्कीसमेत गरेको उनीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्