विराटनगरमा समुदाय–प्रहरी साझेदारी बारे छलफल, अपराध रोक्न प्रभावकारी बनाईनु पर्ने

<span class='c1'>विराटनगरमा समुदाय–प्रहरी साझेदारी बारे छलफल,</span> <span class='c2'>अपराध रोक्न प्रभावकारी बनाईनु पर्ने</span>

विराटनगर । समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजानुपर्ने सरोकारवालाले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित जिल्ला समितिको बैठकमा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सामाजिक संरचना लगायतका कारण फौजदारी अपराध बढेको बताउँदै त्यसलाई न्यूनीकरण गर्न समुदायसँग साझेदारी आवश्यक रहेको बताए ।
१ प्रहरीले हाल ८ सय जनाको सुरक्षा गर्नुपरिरहेको बताउनुहुंदै उनले १ जना प्रहरीको दरबन्दी थप्दा राज्यले २ करोडको दायित्व बहन गर्नुपर्ने अवस्था रहेको बताए । नयाँ दरबन्दी थप्नुभन्दा पनि समुदाय र प्रहरी मिलेर सहकार्य गरे प्रभावकारी हुने उनले बताए। जिल्ला समन्वय समितिका मोरङका प्रमुख नरेश पोखरेलले प्रहरी प्रशासनले मात्र शान्तिसुरक्षा कायम हुन नसक्ने भन्दै नागरिक समाज र समुदायको भूमिका महत्वपूर्ण भएको बताए ।
अपराध न्यूनीकरण गर्न नागरिकसँग प्रहरी साझेदारी आवश्यक रहेको बताउनुहुंदै उहांले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप गतिशिल र ब्यापक बनाएर लैजानुपर्ने सुझाव दिए । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समुदायसँग सहकार्य गर्दै प्रविधिमैत्री भएर प्रहरी अघि बढ्नुपर्ने सुझाव बताए । प्रदेश १ प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीको सहभागितामा भएको कार्यक्रममा विभिन्न सरोकारवालाको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्