विराटनगर । नयाँ आर्थिक बिधेयकले पारेको असरको सम्बन्धमा आज बिराटनगरमा अन्तरक्रिया भइको छ । आर्थिक बिधेयक २०७६ ले गरेको परिर्वतनका बिषयमा विराटनगरमा अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ ।
मोरङ चेम्बर अफ कमर्स र आन्तरीक राजश्व कार्यालय विराटनगरको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । आन्तरीक राजश्व कार्यालयको सभाहलमा गरिएको कार्यक्रममा २ दर्जन बढी उद्योगी र ब्यापारीका प्रतिनिधि सहभागि भएका थिए । जेठ १५ को बजेट भाषणबाट आर्थिक विधेयकमा भएको परिर्वतनका बिषयमा उद्योगी ब्यवसायीमा अन्यौल रहेकाले त्यस बिषयमा स्पष्ट गर्न सम्बन्धित निकायका जानकारलाई समेटेर कार्यक्रम गरिएको मोरङ चेम्बर अफ कमर्शका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिनुभयो । सो अवसरमा आर्थिक बिधेयकमा भएको विभिन्न परिर्वतनका बिषयमा जानकारी गराउनुहुंदै आन्तरीक राजश्व कार्यालयका अधिकृत हरीप्रसाद सेढाइले मालसामान खरीद बिक्री गर्दा बिल नदिनेलाई १० हजार र बिल नलिनेलाई १ हजार जरिवाना गर्नेसहितका अन्य बुँदाहरु समेटेर आर्थिक बिधेयक २०७६ आएको बताउनुभयो । सेढाइले सहभागीलाई बुँदागतरुपमा नयाँ विधेयकको विषयमा जानकारी गराउनुभयो । आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत दिलिप गौतमले कार्यक्रमका सहभागिले उठाएका जिज्ञासाहरुको जवाफ दिनुभएको थियो ।