मोरङ प्रहरीको बिकृती रोक्ने नयाँ शैली,गाउँका विद्यालयमा फेसबुक चलाउन सिकाउँदै

<span class='c1'>मोरङ प्रहरीको बिकृती रोक्ने नयाँ</span> <span class='c2'>शैली,गाउँका विद्यालयमा फेसबुक चलाउन सिकाउँदै</span>

रबिन्द्र बराल ।
रंगेली । मोरङको रंगेली नगरपालिका ३ स्थित रत्न माध्यमिक विद्यालय रंजनीमा एक दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएकोछ । कक्षा ८ देखि १० सम्मका छात्र छात्रालाई लागुऔषध, महिला हिंसा, मानव बेचविखन, बालविवाह, ट्राफिक नियम तथा साइवर अपराधका विषयमा प्रहरीले प्रशिक्षण दिएको हो । सामाजिक सञ्जालले युवा युवतीहरु दिन प्रतिदिन बिकृतिमा तथा अन्य बाटोमा लागिरहेको अवस्था यस्ता जनचेतनामूलक कार्यक्रम गर्नु महत्वपुर्ण हुने भन्दै सचेतना अभियान संचालन गरिएको वडा अध्यक्ष घनश्याम पनेरुले बताए ।
प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एव प्रहरी वरिष्ठ उपरीक्षक किशोरकुमार दाहालले भिडियो विधीबाट साईबर अपराध, बाल बिवाह, ट्राफिक नियम, लागु औषध सम्बन्धी बिषयमा प्रशिक्षण दिएका थिए ।
गाउँ घरमा अहिले पनि घरेलु हिंसा कायमै रहेको हुँदा हिंसा न्युनिकरणमा सबैको भुमिका हुने दाहालले बताए । प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजना तथा ईलाका प्रहरी कार्यालय रंगेलीको पहलमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रशिक्षण दिईएको हो । प्रशिक्षणको क्रममा प्रहरीले सामाजिक संजाल फेसवुक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा, के चलाउने के नचलाउने भन्ने बारेमा युवा लक्षित सचेतना जगाएको हो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र तीनपैनी विराटनगरकी अध्यक्ष मिना जोशी, वडा अध्यक्ष घनश्याम पनेरु, ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहाल लगायत स्थानीय समाजसेवी लगायत रत्न माध्यामिक बिद्यालयका प्रअ तथा शिक्षकहरुको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्