विराटनगरमा युवा मृत अवस्थामा फेला, शवको पहिचान हुन सकेन

<span class='c1'>विराटनगरमा  युवा मृत अवस्थामा फेला,</span> <span class='c2'>  शवको पहिचान हुन सकेन</span>

विराटनगर। विराटनगर महानगरपालिका १६ मा एक युवा मृत अवस्थामा फेला परेको छन् । अन्दाजी २० देखि २५ वर्षको देखिने युवाको शव आज विराटनगर जुट मिल र सुगर मिलको सिमानामा फेला परेको हो ।

गहु गोरो वर्णन भएको ५ फुट १ ईन्च उचाइ, कालो छोटो कपाल , सेतो भेष्ट, सेतो हाप्पेन्ट, रातो पुरानो पेटी, हरियोमा पहेलो रङ भएको पुरानो फित्ते चप्पल लगाएको, हेर्दा मंगोलियन जस्तो देखिने नाम थर, वतन नखुलेको पुरुष मानिस मृत अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

अत्याधिक लागूऔषध सेवन गरि ओभर डोज भएर मृत्यु भएको प्रहरीले आशंका गरेको छ । मृतक युवाको शव पोष्ट मार्टमको लागि  कोशी अञ्चल अस्पतालको शव गृहमा  राखिएको मोरङ प्रहरीले जनाएको छ ।  मृतकको आफन्त हालसम्म कोही फेला नपरेकाले मृतकको पहिचान खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्