गरिखानेको कथा : विराटनगरका गुरुदेव कपाल काटेरै छन् खुसी, यसैले चल्छ घर ।

<span class='c1'>गरिखानेको कथा : विराटनगरका गुरुदेव कपाल काटेरै</span> <span class='c2'>छन् खुसी, यसैले चल्छ घर ।</span>

बिबेक दाहाल 

बिराटनगर भदौ १२ , भनिन्छ खुसी हुन धेरै सम्पति नै आवस्यक पर्दैन , मान्छे आफ्नो मनले खुसी हुन सके उसले संसार खुसी देख्न सक्छ । यस्तै खुसीका साथ आफ्नो व्यवसाय संचालन गरिरहेका छन् बिराटनगर-१२ का गुरुदेव ठाकुर । उनले बिराटनगरको बखरी आप बगैचामा बिगत १५ बर्ष देखि कपाल काटेर आफ्नो जीवन चलाइरहेका छन् ।

हाल उनि २९ बर्षका भए , बिवाह गरेर २ छोरीका बुबा पनि हुन् उनि । अरुको कपाल काट्ने , दारी मिलाईदिने लगायतका काम गरेर उनि महिनामा ४०-४५ हजार सम्म कमाउने बताउछन् । उनको घर यहि व्यवसायबाट चलेको छ , छोरीहरुलाई बिराटनगरको राम्रै स्कुलमा पढाएका छन् , यहि ब्यबसायले जग्गा किनेर घर पनि बनाएको उनि गर्वसाथ सुनाउछन ।

धेरै युवाहरु विदेश गएको देख्दा पहिला उनलाई पनि जान रहर नलागेको हैन , तर आफ्नो परिवारको मायाले उनि विदेश गएनन् । उनले निधो गरे , आफ्नै ठाउँमा मेहनत गर्छु , आफुले सिकेको कम गरेर जीवन चलाउछु भन्ने सोचले उनले निरन्तर काममा लागिरहे ।

जम्मा ५ कक्षा मात्रै पढेका  उनि १५ बर्षको हुदा आफ्नो घर परिवारको अवस्था नाजुक बनेको कारण पढाइ छाडेर कपाल काट्ने व्यवसायमा लागे । उनलाई पढ्न भने धेरै मन रहेको उनि सुनाउछन ,तर पैसा नभएको कारण पढ्न नपाएकोमा उनलाई पछुतो छ ।  आफु पढ्न नसकेपनि आफ्ना छोरीहरुलाई उनि धेरै पढाउन चाहन्छन ।

उनले आफ्नो उक्त कपाल काट्ने पसल खोल्दा १५ बर्ष अघि जम्मा ७ सय रुपैयामा एउटा सानो ऐना र एउटा कुर्सी किनेर खोलेको सम्झन्छन् । मेहनत गर्न सके जुनै पनि काम गरेर आफ्नै परिवारका साथ खुसी भएर बस्न सकिने उनि बताउछन । उनको भबिस्यको लक्ष्य भनेको यहिँ व्यवसाय गरेर आफ्नो छोरीहरुलाइ राम्रो पढाई गराउनु रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्