भारतमा योजना बनाएर विराटनगरमा डकैती, डकैती गर्ने तीनजना भारतीय सहित सातजना पक्राउ

<span class='c1'>भारतमा योजना बनाएर विराटनगरमा डकैती, डकैती गर्ने</span> <span class='c2'> तीनजना भारतीय सहित सातजना पक्राउ</span>

विराटनगर, १२ भदौ । भारतमा योजना बनाएर विराटनगरका विभिन्न स्थानमा डकैती गर्ने सात जनाको समूहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबै जनालाई मोरङ प्रहरीले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
विराटनगरमा केही समय अगाडि श्रृङ्खलावद्ध रुपमा सटर फोडर चोरीका घटना भएका थिए । विराटनगरका ४ वटा ठाँउमा सटर फोडेर नगद चोरी भएपछि प्रहरीको सक्रियता बढेको थियो ।
पक्राउ परेकामाथि अनुसन्धान गर्दा विराटनगरमा चोरी गर्नलाई भारतको सितामाढीमा योजना बनाएर उनीहरु नेपाल छिरेको खुलेको छ । डकैती गरेपछि पक्राउ परेको गिरोहमा ३ भारतीय र ४ जना नेपाली नागरिक छन् ।
पक्राउ पर्ने भारतीय नागरिकमा विहार मधुवनी बेनीपट्टी कटैया–१३ का ३५ वर्षीय धर्मेन्द्र कामत, ३२ वर्षीय लक्ष्मण गुप्ता र बेनीपट्टी लदौता–६ का ४४ वर्षीय मोहम्मद मोतिउर रहमान छन् । त्यस्तै रौतहटको गौर नगरपालिका–३ पोखरियाका ४१ वर्षीय मोहम्मद मोहिज धुनियाँ, ५० वर्षीय बलराम क्षेत्री, सर्लाही ब्रम्हपुरी गाउँपालिका–४ का ५२ वर्षीय शेख मोहम्मद सलिफ र ४६ वर्षीय शेख अली असगर पनि पक्राउ परेका छन् । मोरङको पथरी नगरपालिका–१ बाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले पक्राउ परेकाहरुले डकैतीमा भारतीय नम्बर प्लेटको स्कोरपियो गाडी पनि प्रयोग गर्ने गरेको खुलेको जानकारी दिए । प्रहरीले डकैतीमा प्रयोग गरिएको बीआर ३२ पीए २८३६ नम्बरको स्कोरपियो नियन्त्रणमा लिएको उनले बताए ।
एसपी अधिकारीका अनुसार विराटनगरमा डकैती गरिसकेपछि सातै जना यही स्कोरपियो गाडीमा चढेर पूर्वी नाका काँकडभिट्टा हुँदै भारत छिर्ने योजनामा थिए । त्यही योजना अनुसार भारततर्फ जाने क्रममा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथरी शनिश्चरेमा पुगेपछि इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारी नेत्रृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पछिल्लो पटक भदौ ९ गते सोमबार बिहान ८ बजे जोगवनी नाका हुँदै नेपाल छिरेको पत्ता लागेको छ । चार दिनको भन्सार तिरेर त्यही स्कोरपिओमा उनीहरु नेपाल छिरेको एसपी अधिकारीले बताए ।
यसरी भयो श्रृङ्खलाबद्ध चोरी
पक्राउ परेको गिरोहले विराटनगरमा मात्रै चार पटक डकैती गरिसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पछिल्लो पटक मंगलबार बिहान साढे ३ बजे सटर फुटाएर विराटनगर महानगरपालिका–७ स्थित माँ भवानी ईन्टरप्राईजेजबाट छ लाख रुपैयाँ र कदमाह कृषि सहकारी संस्था लिमिटेडबाट पनि सटर फुटाएर चार लाख ९५ हजार रुपैयाँ डकैती गरेको उनको भनाइ छ । त्यस अघि गत साउन २३ गते बिहान विराटनगर–२ शनिहाटमा रहेको गणनायक मार्केटिङ हाउस नामक किराना पसलबाट सटर फुटाएर चार लाख तथा सटर फुटाएरै पञ्चकन्या ट्रेड लिंकबाट पाँच लाख ९५ हजार रुपैयाँ डकैती गरेको एसपी अधिकारीको भनाइ छ ।  डकैतीको पछिल्लो घटनामा प्राप्त सिसी टिभी फुजेटबाट उनीलाई पक्राउ गर्न सकिएको उनले बताए ।
यी सामान बरामद
पक्राउ परेकाहरुको साथबाट विभिन्न कम्पनीका सातवटा मोबाइल सेट, १२ हजार आठ सय ५० नेपाली र ११ हजार चार सय १० भारतीय रुपैयाँ, स्कोरपियो गाडी, एउटा नेपाली र नौवटा भारतीय सिमकार्ड, फलाम काट्न प्रयोग हुने कटर मेसिन, कम्ब्याट पेन्ट र हाफपेन्ट दुईवटा, सातवटा गम्छा, दुईवटा तन्ना र दुईवटा तौलिया तथा चारवटा झोला बरामद भएको अधिकारीले जानकारी दिए ।
उनीहरु विरुद्ध मुलुकी अपराध संहिता २०७४ को चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत मुद्दा चलाउन बिहीबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको एसपी अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्