विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीको सरुवा भएको छ । गृहमन्त्रालयले केसीलाई मोरङबाट जिल्ला प्रशसनन कार्यालय कास्की सरुवा गरेको हो ।
केसीको स्थानमा गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई पठाएको छ । केसी डेढ वर्ष अघि मोरङ आएका थिए । मोरङमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको जिल्ला प्रसाशन कार्यालय बझाङमा सरुवा भएको छ । आज ३१ जना प्रमुख जिल्ला अधिकारीहरूको सरूवा गरेको गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई गृहमन्त्रालय तानेको छ । उनको स्थानमा झापामा कार्यारत जनकराज दाहाललाई पठाएको छ । काभ्रपलाञ्चोकका सीडीओ जदयबहादुर रानालाई झापा पठाएको छ । त्यसैगरी ललितपुरका सीडीओ प्रेमराज जोशीलाई मकवानपुर पठाइएको छ भने धादिङका सीडीओ भगिरथ पाण्डेयलाई ललितपुरमा ल्याइएको छ ।