म्याङलुङ क्याम्पस तेह्रथुमका क्याम्पस प्रमुख कार्यकक्षमै थुनिए

<span class='c1'>म्याङलुङ क्याम्पस तेह्रथुमका क्याम्पस</span> <span class='c2'>प्रमुख कार्यकक्षमै थुनिए</span>

तेह्रथुम । म्याङलुङ क्याम्पस तेह्रथुमका क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुनिदिएका छन ।
क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीले तलब वृद्धिका लागि पटक पटक माग गरेपनि वेवास्ता गरेको भन्दै क्याम्पस प्रमुख ददिराम न्यौपानेलाई कार्यकक्षमै राखेर तालाबन्दी गरेका हुन । उनीहरुले प्रमुख न्यौपानेलाई दुई घण्टासम्म कार्यकक्षमै थुनेका थिए ।
बिगतका केहीबर्षयता आफुहरुको तलव अत्यन्तै न्युन भएको भन्दै सेवा सुविधा वृद्धीका लागी क्याम्पस सञ्चालन समिति तथा क्याम्पस प्रमुखलाई पटक पटक माग गरेपनि सुनुवाई नभएको प्राध्यापक तथा कर्मचारी आन्दोलन संयोजन समितिका सदस्य प्रकाश ढुंगानाले बताए ।
क्याम्पस प्रमुख न्यौपानेलाई दुईघण्टा पछि बाहिर निस्कन दिएपनि माग पुरा नभएसम्मका लागी क्याम्पस प्रमुखको कार्यकक्ष अनिश्चितकालका लागी बन्द गरिएको छ । प्राध्यापक तथा कर्मचारी आन्दोलन संयोजन समितिले भदौ ११ गतेसम्ममा तलब बढाईसक्न क्याम्पस सञ्चालन समितिलाई आग्रह गरेको थियो ।
वि.सं. २०३६ सालमा स्थापना भएको सो क्याम्पसमा २२ जना प्रध्यापक तथा कर्मचारी कार्यरत छन् । करिब ३ हजार बिद्यार्थी अध्यययरत सो क्याम्पसमा शिक्षा ,मानविकी तथा व्यवस्थापन बिषयमा पठनपाठन हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्