एजेन्सी । चीनले हजारौं सेनालाई हङकङ पठाएको छ । हङकङमा आन्दोलनकारीहरुले पूर्ण प्रजातन्त्रको माग गर्दै प्रदर्शन गर्ने योजना बनाएको अघिल्लो दिन चीनले हजारौं सेनालाई त्यसतर्फ पठाएको हो ।
पिपुल्स लिबरेसन आर्मीले चिनियाँ सेनाले हङकङमा ’शान्ति र स्थायित्व’का लागि महत्वपूर्ण योगदान गर्ने जनाएको छ । चीनले ’योजनाबमोजिम’ नै सेना त्यसतर्फ पठाएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
कुनै समय बेलायतको अधिनमा रहेको हङकङमा एसियन र पश्चिमी कूटनीतिज्ञहरुले पीएलएका पछिल्ला गतिविधिलाई नियालिरहेका छन् । चीनिया रक्षा मन्त्रालयका प्रवक्ता रेन गुओसीङले हङकङका आन्दोलनकारीहरुले त्यहाँको कानुनको सम्मान गर्नुपर्ने र सेनाले त्यहाँको भूभागको रक्षाका लागि काम गर्ने बताएका छन् ।