एनआईसी एशिया बैंक ल्यायो ३० विशेषता नयाँ सुपर चमत्कारिक निपेक्ष योजना

<span class='c1'>एनआईसी एशिया बैंक ल्यायो ३० विशेषता</span> <span class='c2'>नयाँ सुपर चमत्कारिक निपेक्ष योजना</span>

विराटनगर । एन आई सी एशिया बैंकले आफ्नो २२ औं वार्षिक उत्सवको अवसरमा ३० विशेषता युक्त नयाँ सुपर अफर चमत्कारी बचत निक्षेप योजना ल्याएको छ । ‘बैंक पनि साथी पनि , राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ आम नागरिममा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनमा नयाँ सेवाग्राही तथा पुराना ग्राहक लक्षित योजना ल्याएको बैंकले जनाएको छ । ्विराटनगरमा रहेको एन आई सी एशिया बैंक शाखाले विराटनगरमा शुुक्रबार पत्रकार सम्मेलनको आयोजना नयाँ सुपर चमत्कारी निपेक्ष योजना ल्याएको जनाएको हो ।
बैंकले यस अघि ल्याएको चमत्कारिक निक्षेप योजनाको सफलतापछि सुपर चमत्कारिक बचत योजना सञ्चालनमा ल्याएको पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तीमा जनाईएको छ ।
बैंकले सबै तह र तप्काका ग्राहकहरुलाई लक्षित गरी सुपर चमत्कारिक बचत खाता, सुपर चमत्कारिक नारी बचत खाता, सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, सुपर चमत्कारिक बाबु नानी बचत खाता सञ्चालनमा ल्याएको हो। यस्तै, सुपर चमत्कारिक विद्यार्थी बचत खाता, सुपर चमत्कारिक स्वरोजगार बचत खाता, सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, सुपर चमत्कारिक उद्यमशील बचत खाता, सुपर चमत्कारिक तलब बचत खाता रहेका छ ।
यसले आम नागरिकको बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सक्नै बैंकले विस्वास लिएको छ। निक्षेप योजनाहरुमा एक करोड ३१ लाख ५० हजारसम्मको बिमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । जसअन्तर्गत परिवारका सम्पूर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि एक करोड सम्मको बिमा सुविधा, दम्पत्तिको लागि २५ घातक रोगहरुको लागि ३० लाखसम्मको बिमा सुविधा, परिवारका लागि १ लाख ५० हजार सम्मको औषधी उपचार बिमा सुविधासमेत प्राप्त गर्न सक्नेछन्।
सुपर चमत्कारिक बचत योजनाअन्तर्गत बैंकका ग्राहकहरुले देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट निःशुल्क रुपमा रकम निकाल्न सकिने एन आई सी एशिया बैंक प्रदेश १ का प्रमुख दिपक थापाले जानकारी दिए । कर्जामा समेत विशेष छुटका साथै घरमै बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्ने, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा यस योजनाले समेटेको छ । सुपर चमत्कारिक बचत योजनाले मुलुकका सबै क्षेत्र, भेग, तह र तप्काले फाइदा पुग्ने विश्वास बैंकले लिएको छ। बैंकले मुलुकभरका २९७ शाखा कार्यालयहरु, ३४६ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखा रहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्