उद्योग वाणिज्य महासंघ विराटनगर व्यवसायको प्रर्वद्धन र सम्भावित लगानीको क्षेत्र खोज्दै

<span class='c1'>उद्योग वाणिज्य महासंघ विराटनगर व्यवसायको प्रर्वद्धन</span> <span class='c2'>र सम्भावित लगानीको क्षेत्र खोज्दै</span>

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा विर्तामोडमा कृषि व्यवसायको प्रर्वद्धन र सम्भावित लगानी क्षेत्रका सम्बन्धमा अन्तारक्रिया सम्पन्न भएको छ ।
विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष नरेन्द्र कुमार खड्काले कृषि क्षेत्रमा बढी सम्भावना बोकेको बताए। उनले प्रदेश १ मा कस्ता किसिमका योजनाहरु आउँदा कृषकको उत्थान हुनुका साथै कृषि व्यवसाय प्रवद्र्धन हुने र कृषिजन्य वस्तु निर्यात गर्न सकिने उल्लेख गर्दै झापामा उत्पादित चिया, अदुवा, सुपाडी लगायतका वस्तुको उत्पादन बढाउन विभिन्न कार्यक्रमहरु गर्ने बताए ।
साथै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ले लगानीका संभावित क्षेत्रका विषयमा अध्ययन गरिरहेको र सो अध्ययन प्रतिवेदन स्थानीय, प्रदेश र संघीय सरकारमा प्रस्तुत गर्ने कार्यक्रम रहेको जानकारी गराए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले भारत लगायत केही देशहरुमा कृषमा ठुलो फड्को मारीसकेको हुँदा हामीले पनि त्यसको सिको गरि अगाडी बढ्नु पर्ने आवश्यकता रहेको उल्लेख गरे । प्रदेशमा कृषिको प्रशस्त संभावना रहेको तर यथेष्ट नीति नियमका कारण कृषिजन्य वस्तुहरुको सोचे अनुसार निर्यात हुन नसकिरहेको अवस्थामा यसको प्रवर्धनका लागि सरकारले यसमा आवश्यक सुधार गरेर जानु पर्ने कुरामा जोड दिए ।
सहभागीहरुले झापामा मकै खेती, पुष्प खेती, सुपाडी खेती, मरिच, अदुवा, धान खेती पशुपालन तरकारी खेती आदि लगानीका संभावित क्षेत्र भएकोले यसमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले सम्भावित निकायमा पहलको लागि अगाडी बढ्न सुझावहरु आएका थिए ।
परम्परागत दृष्टिकोण भन्दा पनि कृषि व्यवसायको सोचलाई परिवर्तन गरी अन्र्तराष्ट्रिय बजारको माग अनुसार यस क्षेत्रमा लगानी गरेमा कृषि व्यवसायको प्रवर्धन हुने नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का उपाध्यक्ष राजेन्द्र राउतले बताए । कार्यक्रममा विभिन्नि उद्योग वाणिज्य संघ, वस्तुगत संघ लगायत कृषिमा संलग्न महानुभावहरुको सहाभागिता रहेको थियो ।
आजै इलाम उद्योग वाणिज्य संघमा पनि यसै विषयमा छलफल कार्यक्रम भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को कार्य समितिको बैठक इलाम उद्योग वाणिज्य संघको आतिथ्यतामा गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्