विराटनगरमा यो महिनाको ‘लास्ट थर्सडे’मा खाली सिसीकी संस्थापक निर्देशक आयुसी केसी

<span class='c1'>विराटनगरमा यो महिनाको ‘लास्ट थर्सडे’मा खाली</span> <span class='c2'>सिसीकी संस्थापक निर्देशक आयुसी केसी</span>

विराटनगर । विराटनगरमा अङ्ग्रेजी महिनाको अन्तिम बिहीबार हुने ‘लास्ट थर्सडे’ कार्यक्रम होटेल नमस्कारमा सम्पन्न भएको छ । यस महिलाको ‘लास्ट थर्सडे’को बक्तामा खाली सिसिको संस्थापक तथा कार्यकारी निर्देशक आयुसी केसी थिईन् । सन् २०१८ को फ्रब्स अन्डर ३० र एसिया २१ योंग लिडर २०१९ मा पर्न सफल उद्यमी आयुशीले आधा घण्टा आफ्नो अनुभव सुनाएकी थिईन् ।
उनले आफ्नो अनुभव सुनाए पश्चात सहभागीले जिज्ञासा राखेका थिए । मध्यम परिवारमा जन्मेकी केसी कुनै व्यवसायी घरानाबाट नभएपनि मेहनत गरी जस्तो परिस्थितिमा परिवर्तनको संवाहक बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सक्ने क्षमता भएकी उद्यमीह हुन् ।
शिक्षा भन्दा पनि जरुरी अनुभव रहेको बुझाइका कारण उनका आफ्ना साथीहरु उच्च शिक्षा हासिल गर्न बाहिर गए । यही बेला उनले नेपालमा पढ्ने र केहि गर्ने सोच बनाएको र अवसरले ढोका ढकढकाएको बेला आफुले त्यसबाट लाभ लिन सकेको विचार प्रस्तुत गरिन् ।
फलाम, सिसि, कागज भनेर घर–घर अगाडी कराई हिड्ने कर्मबिर युवा तथा ब्यक्तिहरुमा उनको नजर पर्यो । ति ब्यक्तिको काम र दैनिक जीवनी प्रति आफ्नो चासो बढेको कारण ति कवाडीमा काम गर्ने ब्यक्तिहरुलाई समेटेर फोहोर र कवाडीमा प्रबिधिको प्रयोग गरि कसरी काम गर्न सकिन्छ भनेर लामो समय सम्म चिन्तन् गरे आफु अघि बढेको उनले सुनाईन् । उनले २ बर्ष अघि खाली सिसिको अवधारणा आएको जानकारी गराइन् ।
खाली सिसिले कवाडीको क्रेता र बिक्रेता बिचमा प्रबिधि मार्फत मध्यस्थकर्ताको भूमिका निर्वाह गरिदिने, जसमा कवाडी बिक्रि गर्न चाहने व्यक्ति तथा संस्थालाइ कवाडी संकलन गर्ने व्यक्तिहरु बीच समन्वय गरिदिने काम खाली सिसीले गर्ने उनले जानकारी दिईन् ।
उद्यमशिलता रेस नभएर म्याराथन दौड जस्तो भएको कारण तत्कालै आफ्नो कामको नतिजा नआएपनि मेहनत गर्दै जाँदा सफलता हात लाग्ने उनले बताईन् । समूह निर्माण गरि जोखिम उठाउदै आत्मबिस्वासका साथ अघि बढ्नुपर्ने धारणा उनको छ ।
विकल्प एन्ड अल्टरनेटिभका निर्देशक वसन्त अधिकारीले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रमको औचित्य बारे होटेल नमस्कारका निर्देशक युनेश राज श्रेष्ठले प्रकाश पारे ।
अन्त्यमा नेपलिज यंग इन्टरप्रेनस फोरम बिराटनगर र होटल नमस्कारको तर्फबाट युनेश राज श्रेष्ठले कार्यक्रमका वक्ता आयुसी केसीलाई प्रशंसा पत्र प्रदान गरेका थिए । १०५ जना युवा तथा विभिन्न क्षेत्रका मानिसहरुको सहभागि कार्यक्रममा होटेल नमस्कार, नेपलिज यंग इन्टरप्रेनस फोरम बिराटनगर, बिराटनगर इन्टरनेसनल कलेज, मकालु टेलिभिजन, विकल्प एन अल्टरनेटिभ तथा मल्ल इन्टरप्राइजेज द्वारा संयुक्त रूपमा कार्यक्रमको आयोजना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्