विराटनगर । राजवंशी चलचित्रकर्मी समाद समितिको प्रथम अधिबेशन विराटनगरमा सम्पन्न भएको छ । शनिवार भएको कार्यक्रममा कवि नारायणप्रसाद राजबंशीद्धारा लिखित जातीय अस्तित्वकै खोजीमा पुस्तक विमोचन गर्नुको साथै विभिन्न कलाकारलाई सम्मान गरिएको छ ।
विराटनगर महानगरका मेयर भीम पराजुली, बरिष्ठ हास्य कलाकार तथा निर्देशक दिपाश्री निरौला र गायक सुमित खड्कालाई सम्मान गरिएको छ ।
पुस्तकको विमोचन विराटनगर महानगरका मेयर भीम पराजुलीले गरेका थिए । राजबंशीहरु भित्र रहेको प्रतिभा उजागर गर्नुका साथै संस्कृति र पहिचान जगेर्नाका लागि काम गर्ने उदेश्यका साथ समाद समितिले काम गरिरहेको बताए ।
बरिष्ठ हास्य कलाकार तथा निर्देशक दिपाश्री निरौला र सुमित खड्का विराटनगर महानगरका सद्भाव दुत समेत हुन् । विराटनगरका यी दुवैले देशको नाम र गरिमालाई उच्च बनाएका छन् ।