विराटनगर १६ भदौ । विराटनगर १० शान्तिचोकमा रहेको किड्स हेभेन मन्टेस्वरी स्कुलले विराटेश्वर वृद्धा आश्रमका वृद्धवृद्धाहरुसँग दर खाने कार्यक्रम मनाएको छ ।
विराटनगर महानगरपालिका –८ अशोक चौक स्थित विराटेश्वर बृद्धाश्रममा गएर त्यहाँ आश्रित बृद्धबृद्धाहरु सँग रमाइलो गर्दै तीजको दर खाने कार्यक्रम गरेको छ ।
महिलाहरुको महान चाड हरितालिका तीजको दर खाने कार्यक्रम होटल, पार्टी प्यालेसमा मनाउने प्रचन छ ।
तर आश्रम रहेका बृद्धवृद्धाहरुको आफन्त कोही नभएर भएर बसेका आमाबुबाहरु संग तीज मनाएइको मन्टश्वरीका ललिता साहले बताउनुभयो ।
संघले चाड पर्वमा हुने गरेका तडकभडक भन्दा परम्परा र संस्कृति जोगाउन रचनात्मक ढंगले दर खान सकिन्छ भन्ने सन्देश प्रवाह गर्न विराटेश्वर बृद्धाश्रममा गएर बालबालिका संगै आमा बुबाहरुसाग दर खाने कार्यक्रम गरेको साहले बताउनभयो ।