उद्योग संगठन मोरंग र पूर्वाञ्चल विश्वविद्यालयले संयुक्त रुपमा पूर्वाञ्चल मै पहिलो पटक रोजगार मेला

<span class='c1'>उद्योग संगठन मोरंग र पूर्वाञ्चल विश्वविद्यालयले संयुक्त</span> <span class='c2'>रुपमा पूर्वाञ्चल मै पहिलो पटक रोजगार मेला</span>

बिराटनगर,मङ्सिर १२ : उद्योग संगठन मोरंग र पूर्वाञ्चल विश्वविद्यालयले संयुक्त रुपमा पूर्वाञ्चल मै पहिलो पटक रोजगार मेला ,जव फेयर आज आयोजना गरेका छन् ।
मेलामा सहभागी भएका मध्ये पुर्वाञ्चल विश्वविद्यालयका १५ विद्यार्थीहरुले रोजगारी समेत पाउने भएका छन् ।
पूर्वाञ्चल विश्विद्यालयबाट एम.वि.ए र वि.वि.ए अन्तर्गत मार्केटिङ, एच.आर.एम, फाईनान्स संकाय र ईन्जिनियरिङ तर्फका सहभागी ६० विद्यार्थी मध्ये १५ जनाले तत्काल प्रतक्ष्य अन्र्तवार्ताको माध्यमबाट रोजगारीको अबसर पाएका हुन् । यस्तै अन्य विद्यार्थीहरुलाई समेत दक्ष्ँताका आधारमा रोजगारी दिने उद्योगीहरुले प्रतिबद्धता जनाएका छन् ।
मेला उद्घाटन कार्यक्रममा बोल्दै उद्योग संगठन मोरंगका प्रथम उपाध्यक्ष मुकेश उपाध्यायले विराटनगरआसपासका दक्ष जनशक्ति जागिरको खोजीमा वाहिरिने क्रम वढ्दो अवस्थालाई मध्यनजर गरी स्थानीय जनशक्तिलाई स्थानीय स्तर मै खपत गराउने उद्देश्यले रोजगारमेलाको आयोजना गरिएको बताउनु भयो ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति शिरिष रिजालले पूर्वाञ्चल विश्वविद्यालयले उद्योग संगठन मोरंगसंग सहकार्य गर्दै आयोजना गरेको रोजगार मेलाले कामको खोजीमा रहेका युवा तथा दक्ष जनशक्तिको खोजीमा रहेका उद्योगी-व्यवसायीहरुलाई एउटै प्लेटफर्ममा ल्याउन सफल भएको वताउनु भयो । उहाँले प्रथक पटक आयोजित रोजगार मेलाको अनुभवका आधारमा आगामी दिनमा अन्य क्षेत्रलाई समेत समेटेर वृहत रुपमा आयोजना गर्ने वताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्