अनेरास्वबियु मोरङको २१ औ जिल्ला अधिबेशन आगामी पुस ९ र १० गते बिराटनगरमा हुने

<span class='c1'>अनेरास्वबियु मोरङको २१ औ जिल्ला अधिबेशन आगामी</span> <span class='c2'>पुस ९ र १० गते बिराटनगरमा हुने</span>

अनेरास्वबियु मोरङको २१ औ जिल्ला अधिबेशन आगामी पुस ९ र १० गते बिराटनगरमा हुने भएको छ । आज मोरङको कोशी – हरैचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसमा बसेको जिल्ला कमिटिको बैठकले पुस ९ र १० गते बिराटनगरस्थित आदर्श बहुमुखी क्याम्पसमा सम्मेलन गर्ने निर्णय गरेको हो ।
आज भएको बैठकले जिल्ला सम्मेलनका लागी मिति तय गरेको अनेरास्वबियु सम्मेलन आयोजक समितिका संयोजक प्रेमराज भारतीले बताउनु भयो । बैठकमा अनेरास्वबियुका केन्द्रिय सदस्य भास्कर खनाल नेकपा एमाले मोरङका मोर्चा बिभाग प्रमुख रुपेश खतिवडा, अनेरास्वबियुका केन्द्रिय सदस्य नवराज नेपाल लगायतको सहभागीता रहेको थियो । बैठकले आगामी मंसिर २५ गतेभित्र सम्पुर्ण क्षेत्रिय तथा क्याम्पस कमिटिहरुको सम्मेलन गरिसक्न समेत निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्