रंगेली प्रहरीले सिमा क्षेत्रमा निगरानी बढायो, साईकललाई पनि कडाई

<span class='c1'>रंगेली प्रहरीले सिमा क्षेत्रमा निगरानी</span> <span class='c2'>बढायो, साईकललाई पनि कडाई</span>

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली आसपासका सिमावर्ती क्षेत्रबाट अबैध रुपमा नेपाल भित्र्याउँदै गरेको समाग्री प्रहरीले बरामद गरेको छ । भारतबाट अबैध रुपमा भन्सार छलेर सामानहरु नेपाल भित्र्याउने क्रममा बढ्न थालेपछि ईलाका प्रहरी कार्यलय रंगेलीले आफ्नो माताहतमा रहेको प्रहरी चौकीहरुलाई कडाई गर्न निर्देशन पछि प्रहरीको सक्रियता बढेको छ । रंगेलीको चोप्राह, कर्सिया, नोचा, डाईनिया, सिक्टी लगायतका स्थानबाट नेपाल भित्रने सामान नियन्त्रणमा लिएको छ । साईकलको प्रयोग गरी सामान नेपाल भित्र्याउने गरेको पाईएपछि त्यसलाई नियन्त्रणमा लिन थालिएको प्रहरीले जनाएको छ । प्रहरीले कपडा, साडि, चिनी, चुरोट लगायतका सामाग्री बरामद गरेको छ ।
प्रहरीले नेपालबाट भारत तर्फ लैजादै गरेको ८ सय लिटर घरेलु मदिरा, कोेक ईस्प्राइट समेत बरामद गरेको छ । करिब १ लाख ५० हजार मुल्य बरावरको सामान बिराटनगर स्थित भन्सार कार्यलमा बुझाईएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए । प्रहरीका अनुसार नेपालमा उत्पादन हुुने खुकुरी चुरोट समेत नक्कली उत्पादन भारतबाट नेपाल भित्रने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्