निस्लोट निन्द्रामा
अचानक बजेको रिमाईन्डर
तिरमिराउँदै छ मेरा आँखाहरु
मोबाईलको डिस्प्ले भनिरहेछ,
"बर्थ डे विस"
अहो! अगष्ट टु पो त
तिम्रो जन्मदिन
मनमनै कामना गर्छु
"विस दिस वर्थे व्रिङ यु लट अफ सक्सेस एण्ड ह्याप्पिनेस ।"
फेरि एकपटक टाईप गरेर पनि तिम्लाई म्यासेज गरिन ।
ओठको धावनमार्ग वाट
टेक अफ लिएको धुँवाको नयाँ सर्को सँगै
कामना गरे तिम्रो दिर्घायुको ।
तिम्रै औँलाले सेभ गरिदिएको मोबाईलको रिमाईन्डर ले
रिमाईन्ड गरिरहेको मेरो मानसपटललाई रिँगटा लगाईदिए एकछिन ।
केहि वर्ष
अघिको तिम्रो जन्मदिन सेलिव्रेसन
सँगसँगै घुमाईदिए ।
तिमीलाई विस गर्ने पहिलो व्यक्ति बन्न
रात जाग्रामै बसेथ्यो म सँगै
आधा रातमा उपहार स्वरुप दिएथेँ
टहटह लागिरहेको जुन
वाहिर हेर्दै तिम्ले भनेकि थियौ,
"म तिमीले हेरेकै जुन हेरिरहेछु ।"
संगसँगै सम्झन्छु नोभेम्बर 22
अर्थात मेरो जन्मदिन
उपहार भनेर दिएथ्यौ मखमलको गलफन
आफ्नै हातले वुनेर ।
मैले जुनको उज्यालोमा त्यसलाई लगाईहेरेर
मुस्कुराएको थिए ।
तर जव गरेथ्यौ बाचा
फेरि कहिल्यै नभेट्ने भनेरँ
वगाएथ्यौ कठिन आँसु
फेरि कहिल्यै नरूने भनेर
मागेथ्यौ कठोर माफी
"सप्पै कुराहरु सपना जस्तै विर्सनु भरेर"
म आफ्नै धरातलवाट फ्रि-फल भएको थिए ।
तर त्यहिदिनदेखि विर्सिए सवैथोक
सपना देख्नै विर्सिए
विपना सोच्नै विर्सिए
एक हिस्सा वाँच्नै विर्सिए ।
बिर्सिदिए तिम्लाई पनि।
जब जब देख्छु भित्तामा
रङ टाढिदै गएको मखमलको त्यहि गलफन
तब गाढिएर आउँछन् तिम्रा यादहरु
र अनायासै विथोल्दिन्छन् मलाई ।