विराटनगर । अदालतको फैसला कार्यान्वयनमा देखिएका चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ ।
ओरेक विराटनगरको आयोजनामा भएको कार्यक्रममा बोल्दै सहभागीहरुले अदालतले मुद्दा फैसला गरेपनि कार्यान्वयनमा समस्या देखिएको बताए । करणी लगायतका मुद्दाहरुलाई फैसला गरेपनि कार्यान्वयन पक्ष फितलो रहेको सिविन नेपालका वासु अधिकारीले बताए । कार्यक्रममा बोल्दै दलित अधिकारकर्मी अमर बराइलीले फैसला कार्यान्वयन गराउन स्थानीय निकाय, प्रहरी र संघ संस्था गम्भीर भएर लागिपर्नु पर्ने बताए । मुद्दा फैसला भएपनि पीडितहरुले न्याय नपाएको उनको भनाई थियो । अदातले फैसला गर्ने भन्दा पनि कतिको कार्यान्वय भैरहेका छन् त्यता ध्यान पु¥याउन आग्रह गरे । जिल्ला अदालतका श्रेस्तेदार ईश्वरमणी ओझाले अदालतले फैसला कार्यान्वायनमा महत्वपुर्ण काम गरेको बताए । अदालतले मुद्दा फैसला गर्ने तर कार्यान्वयनमा गरेन भन्ने कुरा नहुने स्पष्ट पारे ।