रबिन्द्र बराल ।
रंगेली । मोरङ जिल्ला अदालतबाट २०७१ भदौ १ गते गौवध मुद्धामा १२ वर्ष कैद फैसला भएका ब्यक्ति पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यलय रंगेलीको टोलीले सुनवर्सी नगरपालिका वडा नम्वर ७ वस्ने वर्ष ५० का मो अलिग उद्धिन भन्ने वुधुवा मियालाई पक्राउ गरेको हो । भदौ २७ गते पक्राउ गरी फैसला कार्यान्वायनको लागि २९ गते जिल्ला अदालत बुझाईएको प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए ।