बालदिवसमा झोराहाट र बैजनाथपुरमा बिभिन्न कार्यक्रम, विद्यार्थी र उत्कृष्ट शिक्षक पुरस्कृत

<span class='c1'>बालदिवसमा झोराहाट र बैजनाथपुरमा बिभिन्न कार्यक्रम,</span> <span class='c2'>विद्यार्थी र उत्कृष्ट शिक्षक पुरस्कृत</span>

विराटनगर । मोरङको ग्रामथानस्थित सरस्वती माध्यमिक विद्यालयले सामाजिक परीक्षण सार्वजनिकीकरण लगायतका विविध कार्यक्रम गर्दै राष्ट्रिय बाल दिवस मनाएको छ ।
झोराहाटमा रहेको सो विद्यालय परिसरमा आयोजित कार्यक्रमकाबीच मेधावी विद्यार्थी र उत्कृष्ट शिक्षकलाई पुरस्कृत समेत गरिएको छ । सो अवसरमा विद्यालयका शिक्षक भोजराज भट्टराईलाई उत्कृष्ट शिक्षककोरुपमा र गएको एसईई परीक्षामा सर्वोत्कृष्ट अंकल्याई उतीर्ण हुने छात्रा रेणुका भुजेललाई नगद र प्रशंसापत्रसहित पुरस्कृत गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार सरदारले बताए ।
प्रदेश नम्बर १ का सांसद विजय विश्वासले उनीहरुलाई पुरस्कृत गरे । यसैगरि कार्यक्रममा आर्थिक बर्ष २०७४÷७५ मा विद्यालयमा भएको आर्थिक,भौतिक र नितिगत निर्णयहरु समेटिएको सामाजिक परीक्षणको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

यसैबीच राष्ट्रिय बालदिवसको अवसरमा विराटनगर–१९ वडा कार्यालयले वडा भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गरेको छ । सो अवसरमा खदराटोलस्थित जागृति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गरिएको छ ।
बाल दिवसकै अवसरमा सो विद्यालयमा आयोजना गरिएको खेलकुद प्रतियोगिताका बिजयीहरुलाई समेत कार्यक्रममाझ पुरस्कृत गरिएको थियो । दिवसको अवसरमा वडाभित्रका विभिन्न ४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत मेधावी विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि वितरण गरिएको विराटनगर १९ का वडाध्यक्ष बद्री सरदारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्