पथरी । मोरङको पथरीशनिश्चरे नगर स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो १४ औं वार्षिक साधारण सभाको अवसरमा दुई पत्रकारसहित १० जनालाई सम्मान गरेको छ ।
पत्रकारिताको माध्यमबाट सामुदायिक वनलाई नेपालकै उत्कृष्ट बनाउन सहयोग गर्ने अर्जुन जम्नेली राई र मोहन भट्टराईलाई सम्मान गरेको हो । कार्यक्रममा ट्रफी (खुकुरी) र सम्मान पत्रले सम्मान गरेको हो ।
पत्रकार जम्नेली नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) प्रदेश १ को अध्यक्ष तथा नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद हुन् । भट्टराई नेपाल पत्रकार मञ्चको अध्यक्ष हुन् ।
हरियाली सामुदायिक वन नेपालको २२ हजार मध्ये आर्थिक बर्ष २०७५÷०७६ को वन मन्त्रालयबाट गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका थिए । हरियाली नेपालको प्रथम पुरस्कार पाउने प्रदेश १ कै पहिलो सामुदायिक वन हो ।
पत्रकारसँगै १०३ बर्षिय जेष्ठ उपभोक्ता मोहन ध्वज जवेगु, ८८ बर्षिय मायालक्ष्मी थुलुङ, पूर्व अध्यक्ष हरिलाल अधिकारी पनि सम्मानित भएका हुन् । त्यसैगरी टोल प्रमुखहरु गजेन्द्र राई, पञ्चमाया राई, कृष्ण गेलाल, धनप्रसाद मगर, बसन्त मगरलाई समेत सम्मानित भएका हुन् ।