विराटनगर । उद्योग संगठन मोरङले मोरङमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी मदन भुजेल र सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलार्य स्वागत गरेको छ । स्वागत कार्यक्रममा मोरङमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको स्वागत गर्दै संगठनका अध्यक्ष भीम घिमिरेले उद्योग व्यवसायको समस्या समाधान, शान्ति सुुरक्षा कायम गर्न लगायतका कार्यमा संगठन जिल्ला प्रशासन कार्यालयसंग सहकार्य गर्न तयार रहेको बताए । उनले उद्योगी व्यवसायी लगायत जिल्लाको अविभावकका रुपमा प्रमुख जिल्ला अधिकारी रहेकोले उद्योग संगठन मोरङ सहकार्य र एकता गरेर अघि वढ्न ईच्छुक रहेको बताए ।
अध्यक्ष घिमिरेले राजनीतिक र आर्थिक क्षेत्रको केन्द्रविन्दुको रुपमा रहेको मोरङमा उद्योग व्यवसाय क्षेत्रको हक, हितका लागि सकृय उद्योग संगठन मोरङले स्थानीय निकायसंग निरन्तर समन्वय गरेर अघि वढेको वताउदै जिल्लामा उद्योग, व्यवसाय मैत्री वातावरण निर्माण गर्ने कार्यमा संगठनको सदैव सहयोग रहने बताए ।
प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उद्योगी व्यवसायीको समस्या वुझेर समाधानका लागि आफु सहयोग गर्न तयार रहेको बताए । जिल्लामा लगानी आकर्षणका लागि सुमधुर औद्योगिक वातावरण आवश्यक हुने भएकाले उपयुक्त वातावरण निर्माणका लागि प्रशासन सदैव तत्पर रहेको जानकारी गराए ।
कार्यक्रममा उद्योग संगठन मोरङका पूर्व अध्यक्ष सुशिल धनावत, अशोक मुरारका, शिवशंकर अग्रवाल, वरिष्ठ उपाध्यक्ष सुयष प्याकुरेल, उपाध्यक्ष प्रदीप मुरारका, राजकुमार गोल्छा, राकेश सुराना, कोषाध्यक्ष नन्दकिशोर राठी, कार्यकारिणी सदस्य सुरेन्द्र गोल्छा, सुवोध कोईराला, तारानाथ निरौला, ईन्द्र खत्री, प्रतिभा रिजाल ओली, सुनिल धनावत, विनोद पौडेल, विपिन कावरा, महिला उद्यम समिति सदस्यहरु लगायत उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।