केन्या । केन्याको राजधानी नैरोबीमा विद्यालयको कक्षा कोठा भत्किँदा कम्तिमा ७ जना विद्यार्थीको मृत्यु भएको छ । काठले बनेको प्रिसियस ट्यालेन्ट टप स्कूल सोमबार कक्षा शुरु हुनासाथै भत्केको थियो ।
दर्जनौै बालबालिका त्यहाँ चेपिएको जनाइएको छ । आपतकालीन गतिविधि हेर्ने निकाय अहिले त्यहाँ परिचालित छन् ।
(बीबीसी)