एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकी पत्रिका टाइमको वर्ष व्यक्तिको सूचीबाट बाहिरिएका छन् ।
टाइमले हरेक वर्ष घोषणा गर्ने वर्ष व्यक्तिको सूचीमा यो पटक मोदी अटाउन नसकेका हुन् । यसअघि अन भोटिङका क्रममा मोदी अगाडि रहेको समाचार बाहिर आएको थियो ।
टाइम पत्रिकाले हरेक वर्ष विश्वभरका ख्याति प्राप्त व्यक्तिमध्येबाट वर्ष व्यक्ति घोषणा गर्ने गरेको छ । सन् २०१४ को वर्ष व्यक्ति आगामी डिसेम्बर १० तारिखमा हुनेछ ।