अफगानिस्तानको मस्जिदमा बम विस्फोट हुँदा ६२ को मृत्यु

<span class='c1'>अफगानिस्तानको मस्जिदमा बम विस्फोट</span> <span class='c2'>हुँदा ६२ को मृत्यु</span>

काबुल, २ कात्तिक । अफगानिस्तानब पूर्वी नानगरहरको एक मस्जिदमा भएको बम विस्फोटमा परी ६२ जनाको मृत्यु भएको छ। शुक्रबार विस्फोटबाट ६२ जनाको ज्यान गएको र दर्जंनौ घाइते भएका नानगरहरका प्रवक्ता अट्टाउल्लाह खोग्यानी जानकारी दिए। बम विस्फोट हुँदा मस्जिदको छत समेत खसेको थियो। यस आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको भने छैन। मस्जिदमा ३५० भन्दा बढी उपासकहरू प्रार्थना गरिरहेको एक प्रत्यक्षदर्शीले अलजजिरालाई बताएको छ। उद्दार टोली खटिसकेको र मर्नेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। केही दिनअघि मात्रै संयुक्त राष्ट्रसंघले युद्धग्रस्त देशमा नागरिकको मृत्युको संख्या गर्मीमा अभूतपूर्व तहमा पुगेको बताएको थियो। राष्ट्रसंघका अनुसार यस वर्ष जुलाई र सेप्टेम्बरको बीचमा एक हजार एक सय ७४ जनाले ज्यान गुमाइसकेका छन्।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्