एनआरएनको सहयोगमा रंगेलीमा स्वास्थ्य शिविर, औषधि पनि निःशुल्क बाँडियो

<span class='c1'>एनआरएनको सहयोगमा रंगेलीमा स्वास्थ्य शिविर,</span> <span class='c2'>औषधि पनि निःशुल्क बाँडियो</span>

विराटनगर । मोरङको रंगेली नगरपालिकाको वडा नम्बर ९ को फार्साडागीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रंगेली नगरपालिका ९ को आयोजना तथा गैरआवसिय नेपाली संघ (एन.आर.एन)को अन्तराष्ट्रिय स्वास्थ्य समितिको प्रायोजनमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको हो । निःशुल्क स्वास्थ शिविरमा औषधिहरु समेत निःशूल्क वितरण भएको थियो ।
शिविरको प्रमुख अतिथि नेपाली काग्रेस मोरङका जिल्ला सचिव मोदराज घिमिरे विशिष्ट अतिथि रंगेली नगर प्रमुख दिलिप बगडिया, विशिष्ट अतिथि गैरआवसिय नेपाली संघका अन्तराष्ट्रिय स्वास्थ्य समितिका अध्यक्ष डा. संन्जिव सापकोटा लगायतले स्वास्थ शिविरबाट ग्रामिण बस्तीका सर्बसाधारणले लाभ पाएको बताए । प्रमुख अतिथी घिमिरेले अहिले पनि कतिपय बस्तीहरुमा उपचार नपाएर ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य गर्नका लागि यसरी गाउँ गाउँमा हुने स्वास्थ्य शिविरले फाईदा पुग्ने स्पष्ट पारे । एनआरएन जस्तो एउटा अन्तराष्ट्रिय रुपमा छुट्टै छबी बनाएको संस्थासँगको सहकार्यमा भएको स्वास्थ्य शिविरलाई हरेक वडामा पुर्याउनको लागि सहकार्य हुनु पर्ने बताए ।
अस्पतालका निमिति प्रमुख डा. अशोक ठाकुर रंगेली नगरपालिकाका स्वास्थ संयोजक भुपेन्द्र मण्डल महासमिति सदस्य राम नारायण मण्डल, जिल्ला सदस्य राजकुमार कोईराला, प्रदेश क्षेत्रीय सभापति सुमन कुवँर नगर सभापति जगनाथ मण्डल, वडा सभापति भुवन बराल, रंगेली नगरपालिका वडा नम्बर ८ का अध्यक्ष टंक आचार्य लगायत वडा सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम वडा नम्बर ९ का अध्यक्ष केदारचन्द राजवंशीको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्