विराटनगर । तेस्रो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को फाइनलमा पुगेका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् । उक्त प्रतियोगिताको फाइनमा पुगेका २९ जना प्रतियोगिहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा ‘ट्यालेन्ट शो’ मा देखाएका हुन् । इटहरीमा भएको ट्यलेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगिहरूले नृत्य,गीत, चित्रकला, कविता, मेकअपलगायतका प्रतिभा प्रस्तुत गरे ।
उनीहरू मध्ये एक जनाले बेस्ट ट्यालेन्ट अवार्ड प्राप्त गर्नेछन् । सो अवार्ड आउँदो कात्तिक १८ गते हुने फाइनलमा बितरण हुनेछ । ट्यालेन्ट शोको निर्णायकहरूमा जय मिडिया मिडिया म्यानिजमेन्टका निर्देशक जयराज राय, मिसेस कोशी २०१९ को विजेता रेनुका लिम्बु, नृत्य निर्देशक मनोज राजवंशी र बैङ्कर रविन थापा रहेका थिए ।
जय मिडिया म्यानिजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिताको फाइनलमा २९ जना पुगेका छन् । विद्यालयमा अध्ययरत विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्नुको साथै उनीहरूको व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विराटनगर, इनरुवा, धरान र धनकुटाबाट प्रतियोगिहरूले भाग लिएका छन् ।