अस्ट्रेलियाका क्रिकेटर म्याक्सवेलले सबै किसिमका क्रिकेट खेलबाट विदा लिए

<span class='c1'>अस्ट्रेलियाका क्रिकेटर म्याक्सवेलले सबै किसिमका</span> <span class='c2'>क्रिकेट खेलबाट विदा लिए</span>

सिड्नी– अस्ट्रेलियाका ब्याटिङ स्टार ग्लेन म्याक्सवेलले मानसिक स्वास्थ्यको कारण देखाउँदै सबै किसिमका क्रिकेट खेलबाट विदा लिएको घोषणा गरेका छन् ।

क्रिकेट अस्ट्रेलियाकाअनुसार श्रीलंका विरुद्ध जारी टी२० क्रिकेट शृङ्खलाको बाँकी खेल पनि उनले नखेल्ने बोर्डलाई जानकारी दिएका छन् । छोटो फम्र्याटका खेलमा अत्यन्त सफल र आक्रामक खेल कौशल देखाउन सक्षम म्याक्सवेलले यस शृङ्खलाको पहिलो खेलमा पनि २८ बलमा ६२ रन बनाएका थिए ।

क्रिकेट अस्ट्रेलियाका मनोविज्ञ माइकल लोयडले एक वक्तव्य जारी गर्दै ग्लेन म्याक्सवेलमा मानसिक स्वास्थ्यसँग सम्बन्धित केही समस्या देखिएको पुष्टी गरेका छन् । त्यही कारण केही समय ग्लेनले क्रिकेटबाट विदा लिन चाहेको बताएका छन् ।

ग्लेन म्याक्सवेलको स्वास्थ्य परीक्षण र विश्राम पश्चात् उनको घरेलु टिम भिक्टोरियाबाट पुनः खेल्न सक्ने क्रिकेट अस्ट्रेलियाले जनाएको छ । –एएफपी/Photo: Theaustralian.com.au

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्