विराटनगर । विराटनगरमा रहेको कोशी अञ्चर अस्पतालको सुधारको लागि अभियान नै शुरु गरिने भएको छ । कोशी अञ्चल अस्पतालमा सरुवा भएर आएका मेसु गुणराज लोहनीले अस्पतालको सुधारका लागि बिभिन्न कामहरु गर्दै आएकोमा अब दलहरुको पनि साथ र सहयोगको खााँचो औल्याउँदै छलफल गराएका हुन् ।
कोशी अस्पतालको सेवा बिस्तार तथा गुणस्तर सुधारका विषयमा आईतवार सााँझ छलफल भएको छ । छलफलमा प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, सामाजिक विकास मन्त्रालयका सचिव विरबहादुर राई तथा अस्पतालका मेसु गुणराज लोहनी सम्मिलित बैठकले तत्कालिन सुधार गर्नु पर्ने र दिर्घकालिन रुपमा गर्नुपर्ने कामको सुची बनाएर अघि बढ्नु पर्ने निर्णय भएको छ ।
छलफलमा नेकपाका नेताहरु गुरु बराल , ऋषिकेश पोखरेल, प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव गोपि प्रसाद घिमिरे, स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेत, कोशी अस्पतालका तथ्यांक अधिकृत मुकुन्द दाहाल लगायतको समेत सहभागिता रहेको थियो ।