भारतीय नक्सा पाकिस्तानद्वारा अस्वीकार

भारतीय नक्सा पाकिस्तानद्वारा अस्वीकार

इश्लामावाद । भारतले आइतबार जारी गरेको नयाँ राजनीतिक नक्सा पाकिस्तानले अस्वीकार गरेको छ । जम्मु काश्मीरलाई केन्द्र शासित प्रदेशमा बाँड्ने काम भएपछि भारतले आइतबार नयाँ नक्सा जारी गरेको थियो ।  जम्मु काश्मीरलाई विशेष राजनीतिक दर्जा दिने संविधानको धारा ३७० को व्यवस्था गएको अगस्ट ५ मा भारतले खारेज गरेपछि नयाँ नक्सा ल्याइएको हो ।

धारा ३७० खारेजको  निर्णय ३१ अक्टोबरदेखि कार्यान्वयनमा आएको हो । भारतले जारी गरेको नक्सामा पाकिस्तान नियन्त्रित काश्मीरको हिस्सा पनि देखाइएको जनाइएको छ । पाकिस्तानका तर्फबाट आइतबार जारी गरिएको वक्तव्यमा भारतको कुनैपनि कदमले जम्मु काश्मीरलाई संयुक्त राष्ट्र संघले दिएको ‘विवादित भूमि’को दर्जालाई उल्ट्याउन नसक्ने जनाएको छ ।

भारतको यो कदमले पाकिस्तान नियन्त्रित काश्मीरमा रहेका जनताको आत्मनिर्णयको अधिकारमा कुनै असर नपर्ने उसले जनाएको छ ।  पाकिस्तानले भारत नियन्त्रित काश्मीर क्षेत्रका जनतालाई पनि आत्मनिर्णयको अधिकारको लागि गर्ने संघर्षमा आफूले साथ दिने जनाएको छ । (बीबीसी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्