दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले भण्डारी र घिमिरेलाई प्रदान गर्ने

<span class='c1'>दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले</span> <span class='c2'>भण्डारी र घिमिरेलाई प्रदान गर्ने</span>

विराटनगर । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीलाई प्रदान गर्ने भएको छ । तीन दशकभन्दा बढी समयदेखि मोफसलमा रही पत्रकारिताको क्षेत्रमा विशेष योगदान दिएको भन्दै प्रतिष्ठानले सम्पादक भण्डारीलाई २५ हजार राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।त्यस्तै ५१ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७६’ चार दशकभन्दा बढी समयदेखि नेपाली भाषा साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि डा.बिष्णुविभु घिमिरेलाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले भण्डारी र घिमिरेलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

साहित्यकार घिमिरेका कठघरामा उभिएर (कविता), काँडाकाँडामा टेकेर (कविता), सडकनाटकका पाँच वर्ष (समीक्षा) लगायतका कृति प्रकाशित छन् । उनी सुरुचि, गरिमा, विमोचन लगायतका साहित्यिक पत्रिकाको सम्पादकसमेत भइसकेका छन् ।यसअघि सो पुरस्कार प्राडा गोविन्दराज भट्टराई, प्राडा अभि सुवेदी, प्राडा माधवप्रसाद पोखरेल र पत्रकारत्रय हरिबहादुर थापा, शिवबहादुर कार्की र किशोर नेपाललाई प्रदान गरिएको थियो ।

प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोका अनुसार समालोचक दधिराज सुवेदीका पुत्रद्वय शरदराज र रुपकराजले १५ लाख रूपैयाँको अक्षय कोषको ब्याजबाट हरेक वर्ष दुई जनालाई पुरस्कृत गरिँदै आएको बताए । दुवै पुरस्कार आगामी फाल्गुन महिनामा समर्पण गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्